web analytics

एसियन कप : नेपाल तेस्रो चरणमा प्रवेश

काठमाडौं : नेपाल सन् २०२३ मा चीनमा आयोजना हुने एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ। एसियाली फुटबल महासंघ (एएफसी) कोे नियमअनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको हो। एएफसीको नयाँ नियमसँगै नेपालले अब प्लेअफ खेल्नु नपर्ने भएको छ।
यसअघि चौथो स्थानमा रहेको टोलीले प्लेअफ खेल्नुपर्ने प्रावधान रहे पनि एएफसीको नयाँ नियमअनुसार नेपालले सीधै तेस्रो चरणमा स्थान बनाएको हो। तेस्रो चरणको छनोटमा २४ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
एसियाली क्षेत्रको छनोट खेलेका आठ समूहका शीर्ष आठ र दोस्रो हुनेमध्ये उत्कृष्ट चार टिमसँगै आयोजक चीन सीधै एसिया कपका लागि छनोट भएका छन्। त्यसबाहेक छनोट खेलमा दोस्रो हुने तीन, तेस्रो र चौथो हुने आठ/आठ तथा पाँचौं हुनेमध्ये उत्कृष्ट तीन टिम गरी २२ टिमले एसिया कपको तेस्रो चरणको छनोट खेल खेल्नेछन्। यसअघि चौथो हुने आठमध्ये उत्कृष्ट चार टोलीले मात्रै तेस्रो चरणको छनोट खेल्ने र बाँकीले प्लेअफ खेल्ने एएफसीको नियम थियो।
छनोट चरणमा समूहमा पाँचौं स्थानमा रहेका टोलीले भने प्लेअफ खेल्ने भएका छन्। चाइनिज ताइपेई, इन्डोनेसिया, कम्बोडिया र गुवामले प्लेअफ खेल्नेछन्। प्लेअफबाट दुई टोलीले तेस्रो चरणमा स्थान बनाउने छन्।
अर्को वर्ष कतारमा आयोजना हुने विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल आफ्नो समूहमा चौथो स्थानमा रहेको थियो। नेपालको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना भने समाप्त भइसकेको छ।
एसियाली छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ अंक जोडेको थियो। नेपालले चाइनिज ताइपेईलाई दुवै लेगको खेलमा पराजित गरेको थियो। नेपालले कुवेतसँगको पहिलो खेलमा ७–० र दोस्रो खेलमा १–० गोलले हार बेहोरेको थियो। यस्तै जोर्डनसँगको दुवै खेलमा समान ३–० गोलले हार बेहोरेको थियो। अस्ट्रेलियासँगको पहिलो खेलमा नेपाल ५–० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा ३–० नतिजा अस्ट्रेलियालाई सुम्पिएको थियो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.