web analytics

जर्मनीलाई २-० ले पराजित गर्दै इङ्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश

 

यूईएफए युरो कपको प्रि-क्वाटर फाइनल अन्तर्गत आज भएको खेलमा इङ्ल्याण्डले जर्मनीलाई पराजित गरेको छ। लण्डनस्थित वेम्ब्ली स्टेडियममा भएको खेलमा इङ्ल्याण्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इङ्ल्याण्डले दुई गोल गर्‍यो। ७५ औँ मिनेटमा रहिम स्टेर्लिङले गोल गर्दै इङ्ल्याण्डलाई अग्रता दिलाए। ८६ औँ मिनेटमा ह्यारी केनले अर्को गोल थप्दा इङ्ल्याण्डले खेल २-० ले आफ्नो पक्षमा पार्‍यो।
अब इङ्ल्याण्डले क्वाटरफाइनलमा स्वीडेन र युक्रेनबीचको विजेतासँग भिड्नेछ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.