भोली बस्ने एमाले केन्द्रीय कमिटी बैठकमा नजाने नेपाल पक्षको निर्णय

काठमाडौँ/ नेकपा एमालेको माधव नेपाल पक्षले शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठक ‘अवैध’ भन्दै नेपाल समूहले सहभागीता नजनाउने निर्णय गरेको हो ।
बिहीबार नेपाल पक्षको स्थायी कमिटी बैठकले सो बैठकमा सहभागी नहुने निर्णय गरेको नेता घनश्याम भुसालले जानकारी दिए । जेठ २ भने पनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै बैठकमा नजाने निर्णय भएको उनले बताए ।
बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।
एमाले केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा सहभागी हुन पार्टीले माधव नेपाल समूहका नेताहरुलाई २०७५ जेठ २ कै हैसियतमा बोलाएको छ ।
Comments are closed.