web analytics

पुनर्वास नगरपालिकाले सुरु गर्‍यो विद्युतीय कर प्रणाली

हेमन्त प्रकाश बुढा
कञ्चनपुर,२२ असार
पुनर्वास नगरपालिकाले विद्युतीय कर प्रणाली (E-payment) सेवा सुरु गरेको छ । पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले मंगलबार एक कार्यक्रम बिच सेवा शुभारम्भ भएको घोषणा गर्नुभयो । यो सेवा सुरु भएसंगै अब सेवाग्राहीले कर बुझाउन नगरपालिका गएर लाईन लाग्नुपर्ने झन्झटबाट मुक्त भएका छ्न । र ईसेवा तथा आईएमई पेको माध्यमबाट घर बसिबसी कर बुझाउन सकिने भएको छ ।
सुदुरपश्चिम प्रदेशमा पुनर्वास नगरपालिका विद्युतीय कर प्रणाली (E-payment ) सेवा सुरु गर्ने दोस्रो नगरपालिका बन्न पुगेको छ । यस अघि धनगढीले यो सेवा सुचारु गरीसकेको छ । विद्युतीय कर प्रणाली सेवा शुभारम्भ कार्यक्रममा आफ्नो भनाई राख्नुहुँदै नगरप्रमुख जीवनराज थापाले वर्तमान युग सूचना प्रविधिको युग भएको र पुनर्वास नगरपालिका समय अनुकुल जनतालाई सहज र भरपर्दो सेवा दिन तत्पर रहेको बताउनुभयो ।

हेमन्त प्रकाश बुढा हाम्रै साझा पत्रिका तथा समाचार विशेष डटकमका समाचारदाता हुन

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.