सुगम बन्दै लालझाडी, पुर्व मन्त्री बिना मगरको पहलमा चार पालिका जोड्ने रणनितिक सडक बिस्तार हुदै ।

२२ असार, कंचनपुर !
कंचनपुरको अति बिकट गाँउपालिकाको छाप बनेको लालझाडी गाउँपालिका सुगम बन्ने दिशामा अग्रसर बनेको छ। कंचनपुरको निर्वाचन क्षेत्र नम्बर १ का चारै वटै पालिका जोड्ने रणनीति सडक विस्तार हुने भए सँगै लालझाडी गाँउपालिका विभिन्न पालिका सँग जोडिने भएको छ । निर्वाचन क्षेत्र नम्बर १ का बेलडाँडी, बेलौरी लालझाडी र पूनर्वास जोड्ने रिङ्गरोड सरचनामा रणनीतिक सडक विस्तार हुने भएको हो ।
पुर्वखानेपानी मन्त्री तथा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधी सभा सदस्य बिना मगरको विषेश पहलमा उक्त रणनीतिक सडक विस्तार हुन लागेको हो । सडक विस्तारका लागि सडक सहित सडकमा पर्ने पुलको सर्वे कार्य भईरहेको छ ।
बिस्तार हुन लागेको रणनीतिक सडक पुनर्वास नगरपालिकाको वडा नम्बर १० बिकास हुँदै लालझाडी गाउँपालिक वडा नम्बर १ र २ हुँदै बेलौरी नगरपालिकाको वडा नम्बर ५ भकुण्डा,सिङ्पुर, कुण्डा र वडा नम्बर ९ को रतनपुर तथा बेलडाडी गाँउपालिका कमरी भएर पुन: बेलौरी र पुनर्वास नगरपालिकाको दिब्य धाम हुँदै सहिद गोबिन्द चोक सम्म बिस्तार तथा कालो पत्रे हुनेछ।
पुर्व मन्त्री मगरका स्वकीय सचीव दीपक तिमिल्सिनाले ल यश क्षेत्रका नागरिकको सहजताका लागि मन्त्री मगरले उक्त योजना अघि सारेको र गत बर्ष नै मन्त्री मगरको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सडक योजना समावेसका लागि पत्र पेश गराएको र यस बर्ष संघीय सरकारले कार्यान्वयनमा ल्याएको बाताए ।
यसरी रणनीतिक सडक बिस्तारको तयारी भए सँगै स्थानीय जनसमुदायमा हर्ष छाएको छ। रणनीतिक सडक खण्ड अन्तर्गत पर्ने लालझाडी गाँउपालिकाको वडा नम्बर २ मा पुलको सर्वे गर्दै गाउँपालिका अध्यक्ष मदनसेन बडायकले लालझाडी अब कंचनपुरको केन्द्र बन्ने बताए । उनले सडक संजालकै कारण पिछडिएको लालझाडी चौतर्फी रुपमा जोडिएको जिकिर गरे। रणनीतिक सडक बाहेक पनि वाणी सडक ले पुर्व पश्चिम राजमार्ग सँग र धनगढी सँग जोडेको भन्दै खुशी व्यक्त गरेका छन।
सडक बिस्तारले कंचनपुरको दक्षिणी क्षेत्रमा पर्यटन प्रबर्द्धन, ब्यापार ब्यबसाय तथा विभिन्न दृष्टिकोणबाट टेवा पुग्ने जनपेक्षा रहेको छ।
Comments are closed.