web analytics

फेरि लकडाउन गर्न सिफारिस !

 

साउन १५

काठमाडौ /स्वास्थ्य मन्त्रालयले फेरि लकडाउन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमितको संख्या बढिरहेकाले जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) समक्ष सिफारिस गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सीसीएमसी निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको हो । सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले स्मार्ट लकडाउनको प्रस्ताव आएको र आगामी बैठकले यसबारे निर्णय गर्ने बताए ।

सीसीएमसीले संक्रमण दर, संक्रमितको संख्या, पूर्वाधार लगायतको अवस्था हेरेर देशलाई रेड, एम्बर, यल्लो र ग्रीन जोनमा विभाजन गर्ने तयारी गरिरहेको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.