web analytics

नेपालगन्ज मेडिकल कलेजले भन्योः अप्रेशन गरेर काटिएको खुट्टा मेडिकलको लापरवाहीले बगैचामा पुग्यो !

साउन२४

बाँके/बाँके को जमुनाहा नाकामा फलाम बोकेको १६ चक्काको लरीले किचेका कारण अप्रेशनपछि काटिएको एक व्यक्तिको खुट्टा नेपालगन्ज मेडिकल कलेजबाट हराएर आँपको बगैचामा भेटिएको घटनालाई लिएर चरम लापरवाही भएको भन्दै आलोचना खेपिरहेको अस्पताल प्रशासनले घटना बारे मुख खोलेको छ । अस्पताल प्रशासनले डिउटीमा खटिएका कर्मचारीद्धारा लापरवाही भएको स्वीकार गर्दै अप्रेशनपछि काटिएको खुट्टा बगियामा कसरी पुग्यो भन्ने बारे खुलाएको छ । बाँके प्रहरीले अप्रेशनपछि काटिएको खुट्टा कुकुरले बगैचामा पुर्याएको जनाएको छ । तर उक्त अस्पतालभित्र छिर्नका लागि मुख्य गेटमै सुरक्षा गार्ड राखिएका छन् । ईमरजेन्सी लगायत अस्पतालका विभिन्न स्थानमा अस्पतालले आफ्नै सुरक्षा गार्ड राखेको छ । विरामीका कुरुवालाई छिर्न नदिने सुरक्षा गार्डले कुकुरलाई कसरी पस्न दिए ? लगायतका प्रश्नहरु सर्वसाधारणहरुले तेर्साएका छन् । उनीहरुले उक्त घटनाले मेडिकल कलेजको चरम लापरवाही पुष्टि भएको भन्दै आक्रोस पोखेका छन् । अस्पतालको चौथो तलमा अप्रेशन कक्ष छ ।

त्यसो भए त्यहाँबाट कसरी काटिएको खुट्टा कोरियनपुरको बगैचामा पुग्यो त ? अस्पतालका प्रशासन प्रमुख कुमार अधिकारीले घटना बारे यसरी भने ।नेपालगन्ज भन्सार कार्यालय कार्यालय अगाडि शुक्रबार फलाम बोकेको लरीले सुर्खेत लाटीकोइलीका ६५ वर्षीय रामबहादुर चौधरीलाई कुल्च्यो । उनको नेपालगन्जमा कोही छैनन् । प्रहरीले उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा ल्यायो । लरी चालक फरार रहेकाले कसले उपचार खर्च तिर्ने भन्ने भयो । औषधि कहाँबाट ल्याउने ? दुबिधा भयो । लरी प्रहरीको नियन्त्रणमा रहेकाले पछि औषधि उपचारको पैसा मिलान गर्ने गरी नजिकै रहेको बुद्ध मेडिकलले जिम्मा लिएको रहेछ । घाईतेको अवस्था निकै गम्भिर रहेकाले उनको ज्यान जोगाउन एक भागको हाँत र खुट्टा काट्नु पर्यो । काटिएको हाँत र खुट्टा अप्रेशन कक्षकै डस्बीनमा राखियो । त्यहाँ एक जना हाम्रो कर्मचारी खटिएको थियो ।

त्यो भाइले ध्यान नदिएको हुनसक्छ । अस्पतालले अप्रेशन गरेर काटिएका शरीरका भागहरुलाई आफ्नै तरिकाले डिस्पोज गर्छ । तर त्यो दिन के भयो भने अप्रेशन सकिएपछि औषधिको जिम्मा लिएको मेडिकलको एक जना नयाँ स्टाप अप्रेशनरुमा औषधि पुर्याउन गएको रहेछ । उसले अप्रेशन गरेर काटेको हाँत र खुट्टा हामीले नै व्यवस्थापन गर्नु पर्छ भन्ने लागेर त्यहाँबाट ल्याएर नालीमा फालेको रहेछ ।नालीबाट कुकुरले झिकेर बगैचामा पुर्याएको हो ।

अस्पतालको केही कमजोरी हो तर त्यो  मेडिकलको नयाँ स्टाफ (अस्पताल बारे केही नजानेको) व्यक्तिका कारण हाम्रो निकै ठूलो बदनाम भो । चार तलामा अप्रशेन रुम छ । हामीहरुको सुरक्षा गार्ड खटिएका छन् । कसरी कुकुर त्यतिमाथि जान सक्छ । कुकुरले अस्पतालबाट लगेको होईन । मेडिकलको स्टाफले अस्पतालबाट लगेर नालीमा फालेपछि कुकुरले लगेको होला । आईतबार हामीले उक्त मेडिकलवालालाई बोलाएर यस्तो घटना नदोहोर्याउन चेतावनी दिएका छौँ ।

उक्त घटनाका कारण शनिबार बिहान कोरियनपुरका स्थानीयहरु त्रसित भएका थिए । घटनापछि नेपालगन्ज मेडिकल कलेजको लापरवाही भन्दै आलोचना भइरहेको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.