web analytics

बेलौरीमा चक्रपथ निर्माण सुरु, नगर प्रमुखद्वारा शिलान्यास  

कञ्चनपुर/कञ्चनपुरको बेलौरीमा चक्रपथ निर्माणको कार्य अगाडि बढाइएको छ । चक्रपथ अन्तर्गत बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित जननमुना विद्यालय देखि रामनगर, भकुण्डा हुँदै वडा नम्बर ४ को मोतीपुर जोड्ने सडक खण्डको सोमबार नगरप्रमुख पोतिलाल चौधरीले शिलान्यास गर्नुभयो ।
भ्याट सहित ८ करोड ७६ लाख १२ हजार ४४ रुपैयाँ ६६ पैसा लागत अनुमान गरिएको उक्त सडक निर्माण योजना कुमार अमृत ज्वाइन्ट भेन्चर नामको निर्माण कम्पनीले ४ करोड ५९ लाख २ हजार ५ सय ९९ रुपैयाँ ३० पैसामा ठेक्का सम्झौता गरेको छ ।
यसै वर्ष जेठ १० गतेका दिन उक्त योजनाको ठेक्का सम्झौता गरी कार्य अगाडि बढाइएको र आउँदो २०७९ भदौ १० गतेसम्म योजना सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख भएकोले सोही बमोजिम हुने निर्माण व्यवसायी पदमराज बोहराले बताउनु भयो ।
यो समाचार एन.बि. मिडिया नेटवर्कमा हरिश्चन्द्र बागले लेखेका छ्न ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.