web analytics

बाँसगढि नगरपालिकाका विद्यालयहरु सोमबार देखि खुल्ने!

 

भदौ २२

कृष्ण बा बुढा

बर्दिया /कोभिड १९ को महामारीका कारण लामो समयदेखि बन्द बाँसगढी नगरपालिकाका विद्यालयहरु भदौ २८ गते देखि खुल्ने भएका छ्न । बाँसगढि नगर शिक्षा समिति ले कार्यविधी बनाई सन्चालन गर्ने कुरा जनाए को छ ।

स्वास्थ मापदण्ड बनाई विधयालय  सन्चालन
गर्ने/ गराउने तर भौतिक उपस्थितिमै पठनपाठन गराउनु पर्ने भए २०७८ श्रावणमा जारी गरेको स्मार्ट लकडाउन सम्बन्धि कार्यविधिको प्रावधान भित्र रही विद्यालय खोल्न पाउने प्रावधान भए अनुसार विद्यालय खोल्ने निर्णय गरिएको हो । यसका लागि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने सूचनामा जनाईएको छ ।मङलबार बसेको बैठकले स्मार्ट लकडाउन सम्बन्धि कार्यविधिको पालना भए नभएको स्थानीय निकायले कडाइका साथ अनुगमन गर्ने र नभएको पाईएमा तत्काल विद्यालय बन्द गर्न सकिने जनाईएको छ ।

मङ्गलबार को बैठकले पारीत गरेको सूचनामा विद्यार्थी,शिक्षक र अभिभावकले पालन गर्नुपर्ने आचारसंहिता पनि तोकेको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.