web analytics

पत्रकार हरिलाल जोशीले शैक्षिक सामाग्री हस्तान्तरण गर्दै मनाए जन्मदिन

कञ्चनपुर /पुनर्वासका पत्रकार हरिलाल जोशीले आफ्नो जन्मदिनको अवसर पारेर शैक्षिक सामाग्री वितरण गरेका छ्न ।
पत्रकार जोशीले पुनर्वास ५ मा स्थित गौरीशंकर माध्यमिक विद्यालयका बाल कक्षा र एक कक्षाका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण गरेका हुन । सनिवार विद्यालय विदा भएकाले शैक्षिक सामाग्री विद्यालयका प्रधानाध्यापक लोकबहादुर थापालाई हस्तान्तरण गर्दै जोशीले जन्मदिनमा होटलमा गएर पार्टी गरि फजुल खर्च गर्नुभन्दा आर्थिक अभावका कारण पढन नसक्ने भाईबैनीहरुलाई सहयोग गर्न पाउँदा आफुलाई आनन्द प्राप्त भएको बताए । सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहेका पत्रकार जोशी धनगढीबाट प्रकाशन हुँदै आएको “हेल्लो पुनर्वास” मा कार्यरत छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.