नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर समितिको तेस्रो नगर अधिवेशन हुँदै
कञ्चनपुर/१६ मङ्सिर
नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर समितिको तेस्रो नगर अधिवेशन भोलि मङ्सिर १७ गते हुने भएको छ । वामपन्थी शिक्षकहरुको साझा संगठनको रुपमा आफ्नो छुट्टै पहिचान बनाएको यस संगठनले शिक्षकहरुको पेशागत हकहितका लागि काम गरीरहेको छ ।
स्थानीय पुनर्वास सम्राट होटल आईबिआरडीको सभाहलमा हुन गईरहेको सो अधिवेशन मध्याह्न १२ बजे सुरु हुने नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर समितिका अध्यक्ष लाल बहादुर शाहीले बताए ।



Comments are closed.