web analytics

चक्र कठायत बने एकीकृत समाजवादी बेलौरीको अध्यक्ष

कञ्चनपुर/१७ मङ्सिर ।
नेकपा एकीकृत समाजवादी बेलौरीको प्रथम नगर भेलाले चक्र कठायतको नेतृत्वमा ४१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।बिहिवार बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न नगर भेला नेकपा समाजवादीका बेलौरी नगर इन्चार्ज दिलबहादुर खडकाको अध्यक्षतामा र समाजवादीका केन्द्रिय सचिव तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । त्यसैगरी भेलाले उपाध्यक्षमा मायाराम शर्मा,  बीर बहादुर चौधरी, सचिवमा सुरेन्द्र शाही, उपसचिवमा रेशम सुनार, तौला राना र रामप्यारी बि.क.लाई सर्वसम्मत चयन गरेको छ । कार्यक्रममा अथितिको रुपमा नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य उर्वादत्त पन्त, केन्द्रिय सदस्य तथा सुदुर पश्चिम प्रदेश कमिटी अध्यक्ष विक्रम बहादुर शाही, केन्द्रिय सदस्य, सुदुर पश्चिम प्रदेश कमिटी उप सचिव तथा सुदुर पश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङ्ग, केन्द्रिय सदस्य, कञ्चनपुर जिल्ला ईन्चार्ज तथा सुदुर पश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का, केन्द्रिय सदस्य, कञ्चनपुर जिल्ला सह ईन्चार्ज तथा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ प्रदेश ख का माननिय कुलबीर चौधरी र कञ्चनपुर जिल्ला अध्यक्ष तथा पुर्नावास नगरपालिकाका नगर प्रमुख जीवनराज थापा लगायतका व्यक्ति त्वहरुको उपस्तिथि थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.