web analytics

डम्मर बहादुर शाह बने माओवादी केन्द्रको बेलडाँडी अध्यक्ष

कञ्चनपुर/१७ मङ्सिर ।
डम्मर बहादुर शाह नेकपा माओवादी केन्द्रको बेलडाँडी अध्यक्ष बनेका छ्न । बिहिवार माओवादी केन्द्र बेलडाँडिको प्रथम गाउँपालिका अधिवेशनले शाहलाई अध्यक्षमा चयन गरेको हो । भेलाले शाहको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी बिस्तार गरेको छ। उपाध्यक्षमा जनकराज गिरी ,प्रकाश खत्री , सुगन्दराज साेति, सचीवमा चेत बहादुर शाह ,सहसचिव कर्मु राना र कोषाध्यक्षमा जुना मिजार चयन भएका छन् । माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पूर्व खानेपानी मन्त्री बिना मगरले सम्मेलनको उद्धघाटन गरेकी थिइन् । प्रमुख अतिथि समेत रहेकी माओवादी नेतृ मगरले नवनिर्वाचित कमिटीलाई बधाई दिदै जनपक्षीय काममा खट्न निर्देशन दिनु भयो। साथै नवनिर्वाचित कमिटी लाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् । कार्यक्रममा माओवादी केन्द्रका नेता एवम् प्रदेश सभा सदस्य महेशदत्त जोशी,संविधान सभा सदस्य टेकेन्द्र प्रसाद भट्ट,माओवादी केन्द्रका नेता मोहन गिरि,दिपक तिमिल्सेना ,करन चौधरी ,बेलडाँडी गाउँपालिका सह-इन्चार्ज कल्पना गिरी,ईश्वरि दत्त भट्ट ,नन्द किशोर एस.के,रमा भण्डारी ,वाइसीएल इन्चार्ज अर्जुन साउँद लगायतको उपस्थिति रहेको थियो। अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाश चन्द्र गिरीले कार्यक्रमको संचालन गरेका थिए। प्रथम गाउँपालिका अधिवेशनमा विभिन्न दल त्याग गरेर माओवादी केन्द्रमा प्रवेश गर्ने व्यक्तिहरुलाई स्वागत गरिएको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.