लालझाडीको दोदा नदीमा पक्की पुल बनेपछि स्थानीय हर्षित
कञ्चनपुर/जिल्लाकै विकट गाउँपालिका मानिने लालझाडी गाउँपालिकामाको दोदा नदीमा पक्की पुल बनेपछि स्थानीय हर्षित भएका छ्न ।
लालझाडी गाउँपालिका–३ नन्दगाउँ–बल्मी जोड्न दोदा नदीमा पक्की पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई आतजावतका लागि सहज भएको छ। नदीमा झण्डै रु छ करोडभन्दा बढीको लगानीमा आठसय मिटर लामो पक्की पुल निर्माण गरिएको छ। पुल निर्माणसँगै गाउँपालिका जान आउनका लागि सर्वसाधारणले सास्ती खेप्नुपर्ने बाध्यता अन्त्य भएको छ। जिल्लाको दक्षिण पूर्वमा रहेको लालझाडीलाई चारैतिर दोदा नदीले घेरिएकाले एक गाउँबाट अर्को गाउँ जानका लागि नदी तर्नुपर्ने अवस्था थियो। गाउँपालिका जोडनका लागि दोदा नदीमा एक साथ तीन पक्की पुल निर्माण थालिए पनि अहिले एक मात्रै पुल निर्माण भएको हो ।अन्य दुई पुल निर्माणाधीन अवस्थामा छन्।



Comments are closed.