पुनर्वासमा मृगौला पीडितहरुको सहयोगार्थ साँस्कृतिक मेलाको आयोजना
कञ्चनपुर,१६ पुस ।
पुनर्वासमा मृगौला पीडितहरुको सहयोगार्थ
“पुनर्वास साँस्कृतिक मेला २०७८” आयोजना गरिएको छ । पुनर्वासको पैसट्ठि बिगाहमा आयोजित सो साँस्कृतिक मेलालाई पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले विहिवार उदघाटन गर्नुभयो । दुईदिन (पुस १५ र १६)सम्म चल्ने सो मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति रहेको छ । पुनर्वास ५ का युवा समूहद्वारा आयोजित सो सांस्कृतिक मेलाको उदघाटन सत्रको सभापतिको आसनमा पदम पुजारा हुनुहुन्थ्यो ।
मृगौला फेल भई अत्यन्त गम्भीर अवस्थामा रहेका शेर बहादुर थापा, सुर्य बि.क., चन्द्रबहादुर बि.क. लगायतका व्यक्तिहरुको सहयोगार्थ सो मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
उदघाटन कार्यक्रममा बोल्नुहुँदै पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले मृगौला पीडितहरूलाई नगरपालिकाले सक्दो सहयोग गरीरहेको जानकारी गराउनुभयो । नगरप्रमुख थापाले मृगौला स्वस्थ राख्न खानपान र व्यायाममा ध्यान दिन समेत सर्वसाधारणलाई आग्रह गर्नुभयो । कार्यक्रमलाई हिमेश थापाले सञ्चालन गर्नुभएको थियो ।



Comments are closed.