web analytics

माओवादी महाधिवेशनमा बन्द सत्र सुरु

काठमाडौ ,१६ पुस ।
नेकपा माओवादी केन्द्रको आज शुक्रवारको बन्द सत्रको कार्यक्रम सुरु भएको छ । नेतृत्व चयनलगायतका विषयमा स्थायी कमिटीकाे बैठकमा छलफल भएलगत्तै आजको बन्द सत्र सुरु भएको माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।
आज निर्वाचन आयोगलगायतका विभिन्न आयोग र विभागका तर्फबाट आफ्नो प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । त्यसलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनका सन्दर्भमा उठेका विभिन्न विषयमा जवाफ दिने कार्यक्रम छ ।
अध्यक्ष प्रचण्डको जवाफलगत्तै चुनावकाे प्रक्रिया सुरु गरिने माओवादीले जनाएको छ । गएकाे बुधवार र बिहीवार अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा विभिन्न २५ समूहमा भएको छलफलको निष्कर्ष सुनाइएको थियो ।
अहिले माओवादी केन्द्रकाे आठाैँ महाधिवेशन काठमाण्डाैकाे प्रज्ञा भवनमा चलिरहेकाे छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.