सुदूरपश्चिमका ३ जिल्लामा आइतबार सार्वजनिक बिदा हुने
धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको छ।पुस १८ गते आइतबार परेको भुवा पर्वको अवसरमा बिदा दिइएको हो। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आइतबार तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार अछाम, बाजुरा र बझाङमा बिदा दिइएको छ।



Comments are closed.