सरस्वती माध्यमिक विद्यालय मोति बस्तीमा अनलाईन कक्षा सुरु
कञ्चनपुर/६ माघ ।
पुनर्वास २ स्थीत सरस्वती माध्यमिक विद्यालयले अनलाईन कक्षा सुरु गरेको छ ।कोरोना संक्रमण फैलिएको भन्दै सरकारले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गरेपछि वैकल्पिक माध्यमबाट पठनपाठन गराउन विद्यालयले अनलाइन कक्षा सुरु गरेको विद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेलले बताउनुभयो ।
पुनर्वास नगरपालिकाले गत पुस २९ गते एक सूचना जारी गर्दै नगरक्षेत्रका सम्पूर्ण विद्यालयहरुमा आगामी माघ १५ गते सम्म भौतिक उपस्थितिमा गरीने पठनपाठन कार्यमा रोक लगाएपछी अनलाइन कक्षा सुरु गर्नुको विकल्प नरहेको प्रधानाध्यापक पौडेलको भनाई छ ।



Comments are closed.