२०७९ मा ४६ दिन सार्वजनिक बिदा हुने, दशैँमा ७ दिन र तिहारमा पाँच दिन बिदा
काठमाडौं/सरकारले नयाँ वर्ष विक्रम सम्वत २०७९ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ।
गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सार्वजनिक बिदाको सूचीसहितको सूचनामा स्थानीय र क्षेत्रीय सहित गरी वर्ष २०७९ मा कुल ४६ दिन बिदा परेको उल्लेख छ।
बिदाको सुरुवात नै वैशाख १ गतेबाट बिहीबार हुनेछ। नव वर्ष मनाउन सरकारले वैशाख एक गते नै सार्वजनिक विदा दिएको छ। दोस्रो विदा उभौली पर्व जेठ २ मा दिइएको छ।
रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, छठपर्व, क्रिसमस, ल्होसार, महाशिवरात्रि, बकर इद, फागु पूर्णिमा गरी सार्वजनिक बिला दिइएको छ।
यसपालि घटस्थापनाको एक दिन जोडेर नेपालीहरुको ठूलो चाड दशैंमा ७ दिन बिदा दिइएको छ। घटनास्थापनाको दिन असोज १० र फुलपाती १६ देखि द्वादशी २१ गतेसम्म एक साता बिदा दिइएको छ।
त्यसैगरी तिहार पर्वमा लक्ष्मी पूजा कात्तिक ७ देखि टिकाको भोलिपल्ट ११ गतेसम्म पाँच दिनका लागि बिदा दिइएको छ।
गृहसचिव टेकनारायण पाण्डेले हस्ताक्षर गरेको सूचनामा विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवसमा पनि बिदा दिइएको छ।
बुद्ध जयन्ती, फाल्गुनन्द जयन्ती, गुरुनानक जयन्तीमा बिदा दिइएको छ। तर नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा भने बिदा दिइएको छैन। पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस राष्ट्रिय रुपमा मनाउने तर बिदा नदिने सूचनामा उल्लेख छ।
नेपाल सरकारले घोषणा गरेबाहेक स्थानीय धर्म संस्कृतिलाई प्रदेशले गरेको सार्वजनिक बिदामा बढीमा ६ दिन संघीय कार्यालयमासमेत बिदा लागु हुने र त्योभन्दा बढी दिन बिदा घोषणा गरेमा उपत्यकाका तीन जिल्लामा लागु नहुने सूचनामा उल्लेख छ।
हेर्नुस् ,राजपत्रमा प्रकाशित सूचना:



Comments are closed.