पुनर्वास ५ मा नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन
कञ्चनपुर/ पुनर्वास ५ मा नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन गरिएको छ ।
पुनर्वास ५ वडा कमिटी उपाध्यक्ष सुजित पौडेलको अध्यक्षतामा विहिबार बसेको बैठकले लाल बहादुर खडकाको संयोजकत्वमा १९ सदस्यीय टोल कमिटी गठन गरेको हो । कमिटीमा उपसंयोजकका रुपमा पुर्ण प्रसाद उपाध्याय, सदस्यका रुपमा कृष्ण रोकाया,पदम रोकाया,सञ्जय बि.क., रामकृष्ण अधिकारी,राम बहादुर गीरी, टीका बि.क.,अम्बिका कार्की,प्रकाश बोहरा, नवराज सुनार, प्रेम प्रसाद सापकोटा,दिर्घराज सुनार, धन बहादुर भकारी, बुनु सापकोटा,नरु खाती,ध्रुव रिजाल,ईन्द्र थापा र भक्त बहादुर धामी लगायतका व्यक्तिहरु रहनुभएको छ ।
बैठकमा पुनर्वास नगर कमिटीका अध्यक्ष धोखे राना, उपाध्यक्ष सन्तकुमार चौधरी, सह-सचिव धर्मेन्द्र जेठाराका साथै नगरकमिटी सदस्यद्वय तिल कुमार श्रेष्ठ र कृष्ण धामी तथा वडा कमिटी सदस्यद्वय सुकुन सुनार र मान बहादुर कार्किको उपस्थिति थियो ।
पुनर्वास ५ को रातो ताल देखि नयाँ कटानसम्मको टोललाई समेटेर सो टोल कमिटी गठन गरिएको पुनर्वास नगर कमिटिका सह-सचिव धर्मेन्द्र जेठाराले समाचार विशेषलाई बताए ।
त्यसैगरी पुनर्वास १० मा नेकपा माओवादी केन्द्रको सेल कमिटी शुक्रबार गठन गरिएको छ । दानसिंह औजीको संयोजकत्वमा १८ सदस्यीय सेल कमिटी गठन गरिएको हो । उपसंयोजकमा रोसनी साउँद रहेका छ्न ।सदस्यहरुमा दाट भूल,पार्वती टमाटा,रितु बिक,सुशीला सुनार, सरस्वती बिक, काली नागरी, ईश्वरी साउद, पुनी भूल,बिष्ना भूल, सरस्वती टमाटा,कलावती चन्द, बली भूल,टिलक टमाटा, मान बहादुर भूल,प्रेम भूल र नरेश थापा रहेका छन । करीब एकसय भन्दा बढी स्थानीयको उपस्थितिमा सो कमिटी गठन गरीएको पुनर्वास १० का स्थानीय तथा विद्यार्थी नेता यादव सिंहले समाचार विशेषलाई बताए ।




Comments are closed.