web analytics

रक्तदाता समाज जिल्ला शाखा बर्दियाले बढैयातालमा जनचेतना कार्यक्रम सप्पन्न !

 

कृष्ण बा बुढा

असोज ७

बर्दिया /नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्लाशाखा बर्दियाले रक्तदान जिवनदान सम्बन्धि जनचेतनामूलक कार्यक्रमको अभियान अहिले जिल्ला भरी निरन्तर संचालिन गरिरहेको छ ।आज शारदा बहुमुखी क्याम्पस बढैयातालमा उक्त कार्यक्रम गरिएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाज बढैयाताल समिति का अध्यक्ष कृष्ण विस्वकर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला उपाध्यक्ष सन्तोष बास्तोला, बिशिस्ट अतिथिहरुमा क्रमशः जिल्ला सल्लाहकार बिपिन पौडेल , जिल्ला सल्लाहकार एकनारायण अधिकारी , जिल्ला कार्यसमिति सदस्य भोजराज बराल अतिथिहरुमा क्याम्पस सहायक क्याम्पस प्रमुख , सोहि क्याम्पसका स्वबियु सभापति बिकास कोइराला लगाएत उक्त क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

समाज रुपान्तरणको शक्ति युवा विद्यार्थी नै भएको हुदा रगत दिएर कमजोर भैइन्छ कि भन्ने आमजनमानसमा रहेको भ्रमलाई चिर्न क्याम्पस स्तरका विद्यार्थीहरु नै उमेरसमुह अनुसार उपयुक्त रहेकोे ठानी जिल्ला भरी रहेका क्याम्पस मा जनचेतनामूलक कार्यक्रम लिएर यो अभियान संचालित गरिरहेको यो सबैको साझा  परोपकारी र मानबिय संबेदनसिलता सित जोडिएको अभियान रहेको हुदा सबै यो अभियान मा जोडिन उपाध्यक्ष बास्तोलाले सबै पक्ष सित आह्वान समेत गर्नुभयो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.