web analytics

बर्दिया को बाँसगढीमा दोस्रो लक्ष्मणपुर खुल्ला फुटबल सुरु !

 

कृष्ण बा बुढा

असोज ९

बर्दिया /बर्दियाको बाँसगढीमा दोस्रो लक्ष्मणपुर खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । “कला, संस्कृत, पर्यटन तथा खेलकुदका लागि पहिचान, विकास र समृद्धिमा बेलटारी युवा क्लवको अभियान” भन्ने नारा को साथ वेलटारी युवा क्लव लक्ष्मणपुरको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको आईतवार बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले खेलाडीहरुलाई फुटबल हस्तान्तरण गरी उद्घाटन गर्नुभयो ।

 

असोज १६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १८ टिम दर्ता भएको आयोजकले जनाएको छ । प्रतियोगितको मुख्य प्रायोजक नेशनल हार्डबेयर एण्ड सप्लायर्स बाँसगढीले गरेको छ भने सह–प्रायोजक बेलटारी सामुदायिक वन उपभोक्ता समुह लक्ष्मणपुर, भट्टराई दुध उद्योग बाँसगढी र एन्जिला किराना पसल लक्ष्मणपुरले गरेको छ ।

 

प्रतियोगितामा प्रथम हुने टिमलाई ३५ हजार, द्धितियलाई २१ हजार र तृतिय हुने टिमलाई ११ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको बेलटारी युवा क्लबका सल्लाहकार फगुवा थारुले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन पुर्व विधि झाँकि सहित र्याली निकालिएको थियो । वेलटारी यूवा क्लवका सल्लाहाकार दिपक अधिकारीले स्वागत मन्त्व्य राख्नु भयो भने उद्घाटन कार्यक्रमको सहजीकरण विमल सुवेदीले गर्नुभएको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.