web analytics

पुनर्वासमा वाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन

कञ्चनपुर/कञ्चनपुर निर्वाचन क्षेत्र १(क) मा वाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।
प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर र प्रदेश सभा सदस्यका उम्मेदवार बन्धु रानाले संयुक्त रुपमा संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय बुधबार उद्घाटन गर्नुभएको हो ।
सम्पर्क कार्यालय उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्यकी उम्मेदवार बिना मगरले संविधानको रक्षा, राजनीतिक स्थायित्व, दिगो विकास र समृद्धिका लागि वाम-लोकतान्त्रिक गठबन्धन भएको बताउनु भयो । उहाँले वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको जिताउन गाउँबस्ती र घरघरमा खटिन गठबन्धनका कार्यकर्ताहरुलाई आव्हान गर्नुभयो ।
उम्मेदवार मगरले यस क्षेत्रको थप विकासका लागि आफ्नो तर्फबाट पहल गर्ने बताईन । र विगतमा अधुरा रहेका विकास निर्माणका कार्यहरूलाई पूरा गर्न आफुले सक्रियतापूर्वक लाग्ने समेत बताउनुभयो । जनआन्दोलन र जनयुद्धबाट प्राप्त उपलब्धिलाई जोगाउन गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्नुपर्ने उहाँको भनाई थियोे ।
वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश सभाका उम्मेदवार बन्धु रानाले अहिले मुलुकको आवश्यकता संविधान रक्षाका लागि गरिएको वाम-लोकतान्त्रिक गठबन्धन अनुरुप गठबन्धन दलभित्रका नेता कार्यकर्ताले युद्धस्तरमा खटिनुपर्ने बताउँदै आफू विकासका लागि तयार रहेको प्रतिबद्धता जाहेर गरेका छन । पुर्नवासका स्थानीयले बिना मगर र थारु समुदायबाट बन्धु रानाले समेत जिते क्षेत्रकै विकास हुने अपेक्षा गरेका छन । कार्यक्रममा वाम-लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ताहरुले जसरी भएपनि उम्मेदवारलाई बहुमतका साथ जिताउने प्रतिवद्धता गरेका छन ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.