web analytics

बेलौरी नगरपालिकामा सूचना अधिकारीका रुपमा बोहरा नियुक्त

कञ्चनपुर, २६ पुस ।
बेलौरी नगरपालिकामा सूचना अधिकारीका रुपमा सूचना प्रविधि अधिकृत हरि प्रसाद बोहरा नियुक्त भएका छ्न ।
चौतर्फी दबाबपछि सोमबार बोहरालाई सूचना अधिकारी नियुक्त गरीएको हो । बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विकले यस बारेमा जानकारी दिनुभएको हो । सूचना अधिकारी नियुक्त भए लगत्तै बोहरालाई बेलौरीमा क्रियाशील पाँच जना पत्रकारहरूको समूहले सोमबार नै सार्वजनिक सरोकारका विषयसँग सम्बन्धित अध्ययन तथा रिपोर्टिङ प्रयोजनका लागि सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि पाउँ भन्ने बारे सात बुँदे संयुक्त निवेदन पेस गरेको छ ।

यसअघि असोज यता बेलौरी नगरपालिकामा सूचना अधिकारीको व्यवस्था नहुँदा निवेदकहरूलाई असुविधा हुने गरेको थियो । बेलौरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउनु भएका नर बहादुर विकले असोज महिनामा कार्यभार सम्हाले यता बेलौरी नगरपालिका कार्यालयको सूचना अधिकारी को हो भन्ने विषयमा अनभिज्ञता देखिएको थियो । कुनै पनि नागरिकले सार्वजनिक सरोकारका विषयमा कार्यालयबाट सूचना माग गर्दा सम्बन्धित फाँट हेर्ने अधिकारी नै नभएपछि थप अन्यौलता सृजना भएको थियो । बेलौरी नगरपालिका कार्यालयमा सूचना अधिकारीको व्यवस्था भएसँगै आम नागरिकले आफ्नो र सार्वजनिक सरोकारका विषयमा सूचना तथा विवरण माग गर्न सक्ने बाटो खुलेको छ ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.