पुनर्वासको ६ नम्बर वडा कार्यालयद्वारा जेष्ठ नागरिकलाई न्यानाे लुगा वितरण
कञ्चनपुर/पुनर्वासको ६ नम्बर वडा कार्यालयद्वारा जेष्ठ नागरिकलाई न्यानाे लुगा वितरण गरिएको छ ।
अत्यधिक चिसाे र शितलहरका कारण जाडाेबाट बच्न पुनर्वास नगरपालिका ६ नं. वडा कार्यालयले ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिक लाई न्यानाे लुगा वितरण गरेकाे हो । मंगलवार एक कार्यक्रमकाे आयाेजना गर्दै ४० जना जेष्ठ नागरिकलाई न्यानाे लुगा वितरण गरेको हाे ।
वडा कार्यालयकाे बजेटबाट वडा भित्र बसाेबास गर्ने १७ जना बृद्ध र २३ जना बृद्धालाई न्यानाे लुगा बितरण गरेकाे हाे । कार्यक्रममा बाेल्दै वडाध्यक्ष मित्रसिंह लामाले वृद्धावस्थामा जीवनयापन गर्न निकै समस्या हुने भएकोले याे अवस्थामा याे उमेर समुहका लाई स्याहारसुसार गर्न आवश्यक हुने बताउनु भयाे । जेष्ठ नागरिक समाजका गहना भएकाले यिनिहरुकाे मनाेबल बढ्ने किसिमका कार्यक्रम हुनु पर्ने वडाध्यक्ष मित्रसिंह लामाले बताउनुभयाे ।



Comments are closed.