पुनर्वास: नेपाल रेडक्रस सोसाईटीको उपशाखाको अधिवेसनमा पदाधिकारी चयनमा सहमति जुटन सकेन, निर्वाचन हुने सम्भावना
कञ्चनपुर, पौष २९
पुनर्वासमा नेपाल रेडक्रस सोसाइटीको २२ औं उपशाखा सभा तथा सातौं अधिवेशनमा पदाधिकारी चयनमा सहमति जुटन नसकेपछि निर्वाचन हुने सम्भावना बढेको छ । एउटै पदमा थुप्रै आकांक्षी देखिएपछि सहमति प्रयास असफल भएको हो ।
सभापतिको पदमा कृष्ण बहादुर तामाङ, माधव प्रसाद पोख्रेल, युवराज सुयल र राजेन्द्रसिंह धामीले उम्मेदवारी दर्ता गराउनुभएको छ । उपसभापतीमा कल्पना श्रेष्ठ र मेनुका उप्रेती, सचीवमा रामनारायण कंडेल र रुपेश खरेल, उपसचिवमा ओमनाथ ढकाल र नवीन तिमल्सेना, कोषाध्यक्षमा रत्नमिलन श्रेष्ठ, दिर्घराज घिमिरे, कृष्णहरि पण्डित, सहकोषाध्यक्षमा श्याम परियार र गौरव शर्मा लगायतका व्यक्तिहरुले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी सदस्य पदमा पनि आवश्यक संख्या भन्दा निकै बढी उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उम्मेदवारी थुप्रैले दर्ता गरेपनि भोलि सम्ममा सहमति हुने सम्भावना रहेको निर्वाचन अधिकृत अशोकराज पाण्डेले बताउनुभयो । कोषाध्यक्ष र उपसभापतिमा लगभग सहमति भईसकेको र अन्य पदहरुमा समेत सहमति जुटने आफुले आशा राखेको निर्वाचन अधिकृत पाण्डेको भनाई छ । भोलि बिहान ८.३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय रहेको र नाम फिर्ता नभएका र सहमति जुटन नसकेका पदहरुमा बिहान ९.०० बजे निर्वाचन हुने कार्यक्रम रहेको छ ।



Comments are closed.