web analytics

पुनर्वासका पत्रकार सम्मानित हुँदा पत्रकार बस्नेतले गरे अस्विकार

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाले पुनर्वास नगरपालिका भित्रका पत्रकारहरुलाई सम्मान गरिरहँदा करिव २ दशक देखि पत्रकारिता गर्दै आइरहेका पुनर्वासका वरिष्ठ पत्रकार दिपेन्द्र बस्नेतले भने सम्मान अस्विकार गरेका छन ।

सहकर्मी पत्रकार धन बहादुर बिक देखि स्थानीय स्तरबाट पत्रकारितामा योगदान पुर्‍याएका पत्रकारहरु लाल बहादुर एसके, केशब भट्टराई, वीर बहादुर सिंह र जुद्द चौधरीलाई नगरप्रमुख तोय शर्माले सम्मानित गरेका छन । हरेक बर्ष नगरसभाबाट हुँदै आएको सम्मान कार्यक्रम यसबर्ष पनि पुनर्वास नगरपालिकाले १२ औं नगरसभाबाट पत्रकारहरुलाई सम्मान गरेको हो ।

पत्रकारलाई दिइने सम्मानले पत्रकारहरुलाई आफ्नो पेशा प्रति झन प्रतिबद्ध भएर लाग्न प्रेरित गर्छ भन्ने गरिन्छ । स्थानीय स्तरमा रहेर पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मान गरिनु प्रसंशायोग्य हो तर यसैबीच पत्रकारहरुलाई प्रभावित पार्न, नगरपालिका विरुद्ध लेख्न नसक्ने बनाउन सम्मानलाई हतियार बनाईएको भनी आलोचना समेत हुँदै आईरहेको छ ।

पत्रकारलाई प्रभावमा पार्न जनप्रतिनिधिहरुले बिगत देखिनै प्रयोग गर्दै आएको ब्रम्हाअश्त्रका रुपमा सम्मानलाई लिएको भन्दै कञ्चनपुरका पत्रकार दीपेन्द्र बस्नेतले सम्मानलाई अस्विकार गरेका छन् ।

कञ्चनपुरको पुनर्वासबाट प्रकाशित नागरिक आवाज साप्ताहिक पत्रीकाका सम्पादक बस्नेतले शनिवार सामाजिक संजाल फेसबुकमा लेख्दै पुनर्वास नगरपालिकाले पत्रकार र संचार माध्यमलाई आफ्नो प्रभावमा पार्न गरेको सम्मान बहिस्कार गरेको घोषणा गरेका हुन ।

सम्मानका नाउँमा पत्रकार र संचार गृहलाई आफ्नो प्रभावमा पार्ने पुनर्वास नगरपालिकाको हर्कत प्रति आपत्ति जनाउदै पत्रकार बस्नेत लेख्छन ..

https://m.facebook.com/story.php?story_fbid=3260483190857941&id=100006888758505&mibextid=Nif5oz

– सम्मान , कुनै विद्या वा क्षेत्रमा विशिष्ट योगदान पुगाएको ब्यक्तिलाई गरिनु पर्ने हो तर यसको सामान्य अर्थनै नबुझी पुनर्वास नगरपालिकाले सम्मानको नै अपमान गरेको छ ।
पत्रकार बस्नेत लेख्छन “पत्रकारहरुको एउटा हुललाई सम्मान गर्ने पुनर्वास नगरपालिकाको सुचीमा मेरो नाम समेत समावेश गरिएको जानकारी पाए । जब कि मैले संचार क्षेत्रमा कुनै विशिष्ट योगदान नै नगरेको बुझ्दा बुझ्दै उक्त सम्मान स्विकार नगर्ने निधो गरेको छु ।
उनले सामाजिक सञ्चालमा लेखेका छन “पत्रकारलाई प्रभावमा पार्न जनप्रतिनिधिहरुले बिगत देखिनै प्रयोग गर्दै आएको ब्रम्हाअश्त्र ” सम्मान ” को निरन्तरता पुनर्वास नगरपालिकाको नयाँ नेतृत्वले समेत गर्नु खेद जनक हो । ”
निर्वाचन पछि अहिलेसम्मको कार्यकालमा नगरपालिकाले गरेका निर्णय , कार्यक्रम सम्म सार्वजनिक गर्न नसक्ने जनप्रतिनिधिहरुले पत्रकारलाई सम्मान गरेर नगरपालिका मिडिया मैत्री बन्यो भन्नू दुर्भाग्यपूर्ण हो ।

पत्रकारलाई प्रभावमा राख्न बेला बखतमा गरिने सम्मान ग्रहण गर्नु पत्रकार आचारसंहितामा बिपरित भएकाले पनि पुनर्वास नगरपालिका मलाई गरेको सम्मान बहिस्कार गरेको घोषणा गर्दछु ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.