पुनर्वास नगरस्तरिय दलित विकास समन्वय समितिको अध्यक्षमा मदनलाल बिक चयन
कञ्चनपुर,२९ फागुन
पुनर्वासको नगरस्तरिय दलित विकास समन्वय समितिको अध्यक्षमा मदनलाल बिक चयन भएका छ्न । सोमबार पुनर्वास नगरपालिका वडानम्बर ६ को सभाहलमामा बसेको वृहत भेलाबाट समाजसेवी मदनलाल बिकको अध्यक्षतामा ११ सदस्यीय नगरस्तरिय दलित विकास समन्वय समिति गठन गरिएको हो ।
११ वटै वडाको सहभागिता रहेको भेलाबाट चयन गरिएको नवगठित समितिको उपाध्यक्षमा बिर्ख बहादुर सार्की चयन भएका छन भने कोषाध्यक्षमा गोमा रसाइली, सचिवमा रबिन्द्र नकर्मि बिक , सहसचिवमा ईन्द्र बिक तथा सदस्यहरूमा कल्पना बिक , तिर्थमाया बिक , टीका सार्कि, कालु सुनार , टेकबहादुर सुनार र लाल नागरिक सर्वसम्मत रूपमा चयन भएका छन ।
भेलाले धनबहादुर बिश्वकर्मा को संयोजकत्वमा ७ सदस्यीय अनुगमन समिति समेत चयन गरेको छ । अनुगमन समितिको सदस्य हरूमा बिष्णु बिक , खिमादेवी भुल , दुर्गाराज सुनार , ज्ञानु आग्रि , सोना मिजार , पवन रामदाम बिक चयन भएका छन ।
नवगठित समितिले नगरपालिकाद्वारा विनियोजन गरिएको दलित लक्षित वर्गको रकम निकासा गरि पुनर्वासका ११ वटै वडाअन्तर्गत दलित सशक्तीकरण , जातीय विभेद उन्मुलन सम्बन्धितका जनचेतनामूलक कार्यक्रम, दलितका विपन्न बालबालिकालाई शिक्षा लगायत बिषयमा रचनात्मक कार्यक्रम सम्पादन गरिने समितिका अध्यक्ष मदनलाल बिकले जानकारी दिनुभएको छ ।
समिति गठन कार्यक्रममा विभिन्न वडाका महिला जनप्रतिनिधि , पुनर्वास नगरपालिकाका प्रशासकीय अधिकृत धौलराम सार्की, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । नवगठित समितिलाई समाजसेवी माधव रोक्काले सुझाव सहित धन्यवाद व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन समाजसेवी दुर्गाराज बपकले गरेका थिए ।



Comments are closed.