web analytics

नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीद्वारा खुल्ला रक्तदान एवं शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

कास्की, ३१ जेठ
विश्व रक्तदाता दिवसको अवसर पारेर नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्कीले बुधबार खुल्ला रक्तदान एवम् शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
संस्थाका अध्यक्ष बिरेन्द्र पराजुली सभापती रहेको उक्त कार्यक्रम प्रथम रक्त थैली कुमार बरालले ग्रहण गरि सुरु भएको थियो। कार्यक्रममा आजिवन पत्र समेत वितरण गरिएको थियो। कुल ३० पिन्ट रगत संकलन साथ रक्तदान सम्बन्धी केन्द्रिय अध्यक्ष प्रेम सागर कर्मचार्यद्वारा रचित गित लोकार्पण समेत गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाल रेडक्रस सोसाइटी, गण्डकी प्रदेशका अध्यक्ष ढकाल सूर्य प्रसाद, विशेष अतिथिको रुपमा नेपाल रेडक्रस सोसाइटी, कास्की जिल्ला सभापति डण्डराज शर्मा,ब्लड बैंक प्रमुख अर्जुन ज्ञवाली,वडाध्यक्ष द्वय दिपेन्द्र मरासनी  (पोखरा वडा नं.९) देवकृष्ण पराजुली (पोखरा वडा नं. ४)
संयोजक नेत्र ढकाल
(दुर्लभ रक्तदाता समन्वय समिती)
अतिथीका रुपमा अर्जुन गिरी(ताण्डब न्युजका सम्पादक)
सहयोगी संस्थाको रुपमा दि भिलेज रेस्टुरेन्ट परिवार, चिप्लेढुंगा,रोजि प्रीन्टिङ प्रेस, नयाँबजार,मेरो चित्र, न्युरोड रहेको थियोे ।
सो कार्यक्रममा संस्थाको तर्फबाट संस्थापक अध्यक्ष तिर्थराज अवस्थी, निवर्तमान अध्यक्ष जितेन्द्रमान शाक्य, प्रथम उपाध्यक्षदिपेन्द्र दिपु, द्वितिय उपाध्यक्ष इन्दु शर्मा, सचिव पवन पाठक, सहसचिव सागर पौडेल A-ve, कोषाध्यक्ष पौडेल नरेश, सहकोषाध्यक्ष बक्सर रक गुरुङ, सदस्य महेन्द्र लामिछाने सहितको उपस्थिति रहेको थियो। प्राविधिक सहयोग प्रादेशिक रक्त संचार केन्द्र, सृजना चोक पोखराको रहेको थियो।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.