web analytics

नेपाल आदिवासी जनजाति महासंघ पुनर्वासद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

कञ्चनपुर, ७ असार
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद पुनर्वासद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
परिषदको आयोजना तथा पुनर्वास नगरपालिकाको रु. ४४३०००/-(चारलाख त्रिचालीस हजार) को आर्थिक सहयोगमा पुनर्वास नगरपालिकाका एकतीस विद्यालयका १२१ आदिवासी जनजाती गरिब तथा जेहन्दार छात्रछात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
कक्षा १-५ सम्म अध्ययनरत छात्रछात्राबाट छनौट गरि प्रत्येक विद्यार्थीलाई एक थान झोला, एक दर्जन कापी,एक दर्जन पेन्सील, एक दर्जन डटपेन र एउटा ज्यामिती बक्स वितरण गरीएको नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद पुनर्वासका अध्यक्ष धोके रानाले बताउनुभयो ।
पुनर्वास नगरपालिकाको वडानम्बर ६ को सभाहलमा भएको सो शैक्षिक सामाग्री वितरण कार्यक्रममा नगर समन्वय परिषद पुनर्वासका अध्यक्ष धोके रानाको सभापतित्व, पुनर्वासका नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आथित्यमा भएको थियो । अतिथिको आसनमा पुनर्वास २ का वडाध्यक्ष डम्बर थापा पुनर्वास ३ का वडाध्यक्ष कृष्णबहादुर तामाङ, पुनर्वास ५ का वडाध्यक्ष पदम रोकाया, पुनर्वास ६ का वडाध्यक्ष मित्रसिंह लामा, पुनर्वास ७ का वडाध्यक्ष मुलचन्द राना र पुनर्वास १० का वडाध्यक्ष सुकदेव राना लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा तथा शिक्षकहरुको उपस्थिति थियोे । कार्यक्रमलाई पुर्ण कुमारी गुरुङले सञ्चालन गर्नुभएको थियोे ।

 

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.