web analytics

पुनर्वासको द फङ्की डान्स एण्ड जुम्बा स्टुडियोद्वारा रक्तदान कार्यक्रमको आयोजना

कञ्चनपुर, २७ असार ।
पुनर्वासको द फङ्की डान्स एण्ड जुम्बा स्टुडियोले रक्तदान कार्यक्रमको आयोजना
गरेको छ । रगत अभावमा कोही मर्न नपरोस् भन्ने आशयका साथ द फङ्की डान्स एण्ड जुम्बा स्टुडियोका सञ्चालक सन्तोष अवस्थीले रक्तदान कार्यक्रमको आयोजना गर्नुभएको हो । सत्र जना पुरुष र पाँचजना महिला गरि कूल बाईस जना रक्तदाताहरुले कार्यक्रममा रक्तदान गरेका थिए ।
रक्तदान पश्चात् रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियोे ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक धनगढी कैलालीले जनशक्ति तथा प्राविधिक सहयोग रहेको थियोे भने नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की पोखरा कार्यक्रमको सह-आयोजक रहेको द फन्की डान्स एन्ड जुम्बा स्टुडियोका सञ्चालक तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका आजिवन सदस्य सन्तोष अवस्थीले बताउनुभयो ।
पुनर्वासमा सत्र वर्षदेखि डान्स ट्रेनिङ्ग दिदै आईरहनुभएका अवस्थीले रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै आउनुभएको छ । गत फागुनमा पनि उहाँको स्टुडियोले रक्तदान कार्यक्रम आयोजना गरेको थियोे । अठारौं चोटि रक्तदान गरिसक्नुभएका अवस्थी रक्त अभावमा कसैको पनि ज्यान नजाओस् भन्ने चाहनुहुन्छ । रगतको अभावमा रहेका विरामी जोकोहीले उहाँलाई खबर गरे दस मिनेट भित्र रगतको जोहो गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुहुन्छ । उहाँलाई ९८१४६०२२६० मा फोन गरेर जुनसुकै बेला सम्पर्क गर्न सकिन्छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.