web analytics

पुनर्वासको अरनिको बस्तीमा सैनिक फुटबल प्रतियोगिता शुरु

पूर्व खानेपानी मन्त्री बिना मगरद्वारा उदघाटन

कञ्चनपुर, २१ माघ ।
पुनर्वासको अरनिको बस्तीमा अरनिको सैनिक फुटबल प्रतियोगिता शुरु भएको छ । अरनिको युवा क्लबको आयोजनामा आइतबारदेखि सुरु भएको सो फुटबल प्रतियोगितालाई पूर्व खानेपानी मन्त्री बिना मगरले उदघाटन गरेकी छिन ।
उदघाटन कार्यक्रममा बोल्दै पूर्व मन्त्री मगरले पुनर्वासको खेलकुद विकासमा अरनिको युवा क्लबले पुरयाएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा खेलकुद विकासका लागी आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरीन ।
फूटबल प्रतियोगिताको मुख्य प्रायोजक प्रकाश दाहाल स्मृति प्रतिष्ठान रहेको छ भने सह-प्रायोजकको रुपमा काठमाडौंको विज्ञान एसआर म्यानेजमेन्ट प्रा.लि.रहेको छ । प्रतियोगितामा नेपाली सेना र नेपाल प्रहरीको विभागीय टिम सहित १८ टिमविच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
जिल्लाकै सर्वाधिक धनराशी रहेको सो प्रतियोगिताको विजेता टिमले नगद २ लाख ६० हजार र उपविजेता टिमले १ लाख ३० हजार प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी, उत्कृष्ठ गोलरक्षक, रक्षक, फरवार्ड, फेयर प्लेयर र उदयमान खेलाडीलाई जनही ५ हजार सहित ट्रफी प्रदान गरिने र प्रतियोगिताको उत्कृष्ठ एकजना खेलाडीलाई नगद १० हजार सहित मेडल,ट्रफी प्रदान गरिने
अरनिको युवा क्लबका अध्यक्ष जीत बहादुर तामाङले बताए ।
अरनिको युवा क्लबले हालसम्म यस्ता पाँचवटा प्रतियोगिताहरु सफलतापूर्वक सम्पन्न गरीसकेको छ । यो छैठौं संस्करणको प्रतियोगिता हो ।
उद्घाटन खेलका रुपमा आयोजक र पुनर्वास नगरपालिकाविच मैत्रीपुर्ण खेल भएको थियोे ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.