web analytics

पुनर्वासी युवामा व्यायाम प्रति आकर्षण बढदै

कञ्चनपुर,२० माघ ।
पछिल्लो समय कञ्चनपुरको ग्रामीण क्षेत्र पुनर्वासमा व्यायाम प्रति युवाहरूको आकर्षण बढदै गएको छ । शारीरिक रुपमा आफुलाई फिट र स्वस्थ राख्न बिहान र बेलुकाको समयमा व्यायामशाला धाउनेहरुको संख्या दिनानुदिन बढदै गएको छ । सञ्चारमाध्यमको सहज पहुँचका कारण जनचेतनामा आएको वृद्धिसंगै सर्वसाधारणले व्यायामको महत्त्व बुझेर व्यायामशाला धाउनेहरुको संख्या बढन थालेको व्यायाम प्रशिक्षक तथा पत्रकार रञ्जित लामाले बताए ।
अहिले पुनर्वास क्षेत्रका युवावर्गका साथै प्रौढ र अधबैंसे व्यक्तिहरु पनि व्यायाम तर्फ आकर्षित भईरहेका छ्न ।
उमेर बढदै जाँदा देखिने मोटोपन र मोटोपनका कारण आउने विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु जस्तै: सुगर रोग, उच्च रक्तचाप र उच्च रक्तचापका कारण हार्ट अट्याक र स्ट्रोक,युरिक एसिड,थाईराईड लगायतका समस्याहरुमा न्यूनीकरणमा व्यायामले महत्त्वपूर्ण भूमिका खेल्ने पुनर्वास पोलिक्लिनिकका सञ्चालक डा.धोके रानाले जिकिर गरे ।
पुनर्वासमा एउटा व्यायामशालाको अपरिहार्यता महशुस गरेर आफुले चारवर्ष अघि पाँच लाखको लगानीमा व्यायामशाला सुरु गरेको पुनर्वास मल्टिजिमका सञ्चालक हेम बहादुर थापाले बताए । स्थानीय युवाहरूको व्यायामप्रतिको लगाव देखेर आफू उत्साहित भएको र आगामी दिनमा व्यायामशालामा अत्याधुनिक सामान थप्दै जाने सञ्चालक थापाले बताए ।
युवावर्गको लागि कुलतबाट छुटकारा दिलाउने एकमात्र अचुक साधन भएकाले
व्यायामलाई नेपाली समाजले जीवनशैलीकै रुपमा अंगाल्नुपर्ने जनकल्याण मा.वि. आईबिआरडीका प्रधानाध्यापक रामनारायण कंडेलले सुझाव दिए ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.