पुनर्वास ४ का डा.पारसबाबु तिवारीद्वारा विपन्न विद्यार्थीलाई ट्र्याकसुट वितरण
कञ्चनपुर, १९ माघ ।
पुनर्वास ४ का डा.पारसबाबु तिवारीले व्यक्तिगत खर्चमा विपन्न विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेका छ्न । पुनर्वास ३ स्थित जनकल्याण मा.वि. को १ देखि ५ कक्षा सम्म अध्ययनरत सतचालिस विद्यार्थीलाई डा. तिवारीले पचास हजारको लागतमा न्यानो ट्र्याकसुट वितरण गरेका हुन ।
डा. तिवारी पुनर्वास ४ निवासी भरतबाबु तिवारीका छोरा हुन । उनी लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आईरहेका छन । अमेरिकामा बसोबास गरीरहेका डा. तिवारीले बेलाबेलामा यसप्रकारका सेवामूलक कार्यहरू गर्दै आईरहेका छ्न ।
ट्र्याकसुट वितरण कार्यक्रममा बोल्दै वडानम्बर ३ का वडाध्यक्ष कृष्णबहादुर तामाङले अमेरिकामा बसेर पनि समाजसेवामा योगदान पुरयाईरहेका डा.पारस तिवारीको मुक्त कण्ठले प्रशंसा गरे ।
शिक्षा शाखाका विद्यालय निरीक्षक शिवराज भट्टले विपन्न विद्यार्थीलाई ट्र्याक वितरण गर्ने दयालु मनका धनी पारस तिवारीलाई धन्यवाद व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोलम तामाङले सहयोगी मन भएका पारस तिवारीले पुरयाएको योगदान अरुहरुका लागि समेत अनुकरणीय रहेको जिकिर गरे ।
विद्यालयका प्रधानाध्यापक रामनारायण कंडेलले माघको जाडोमा आफ्नो व्यक्तिगत खर्चमा ट्र्याक वितरणको व्यवस्था मिलाईदिने दयालु मनलाई धन्यवाद व्यक्त गर्दै आउने दिनमा समेत थप सहयोगको अपेक्षा राखेको बताए ।
उक्त ट्र्याक वितरण कार्यक्रममा अभिभावकवर्गको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
Comments are closed.