web analytics

विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै बेलौरी र बेलडाँडीले थप्यो जाडो विदा

कञ्चनपुर, माघ ७
विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै बेलौरी नगरपालिकाले थप तीन दिन जाडो विदा थपेको छ ।
यो सूचना आएसंगै बेलौरी नगरपालिका भरीका सामुदायिक तथा संस्थागत विद्यालयहरु माघ १० सम्म बन्द रहनेछन् ।
चिसो बढे विद्यार्थीहरुको स्वास्थ्यमा असर हुने भन्दै नगरपालिकाले थप विदा दिएको हो ।
आइतबार बसेको नगरप्रमुख स्तरीय बैठकले पौष ८ गतेदेखि १० गतेसम्मका लागी विद्यालयमा बिदा दिने निर्णय गरेको हो । मौसममा सुधार नभई चिसो बढ्दै गएको कारणले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएको हुँदा मंगलबारसम्म पालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप बिदा गर्न निर्देशन दिइएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा दत्त अवस्थीले जानकारी दिनुभयो ।
त्यसैगरि बेलडाँडी गाउँपालिकाले पनि थप २ दिन माघ ८ र ९ गते जाडो विदा दिएको छ । आज एक सूचना प्रकाशित गर्दै अत्यधिक चिसो र शीतलहरका कारण पठनपाठन र विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै सञ्चित जाडो विदा वा सञ्चित स्थानीय विदाबाट मिलान हुने गरि विदा दिईएको जनाईएको छ । अधिकांश संस्थागत सामुदायिक विद्यालयहरूमा शुक्रबारसम्म जाडो बिदा दिइएको थियो।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.