web analytics

छोराको मायाले जन्माएको हिरायान

धनगढी, १२ बैशाख ।
कैलाली टिकापुरका हिरालाल चौधरी एघार वर्ष  वैदेशिक रोजगारीको  सिलसिलामा दक्षिण कोरिया बसे । कोरिया बसाईको क्रममा आफ्नो छोरालाई निकै सम्झिरहन्थे । विदेश बस्दा आफ्नो छोराछोरीको याद आउनु स्वभाविकै थियोे । अझै कोरियाका सानासाना बालबालिका विद्यालय गएको दृश्यले नेपालमा रहेको छोराको याद झन बढाईदिथ्यो । तर बिस्तारै उनको ध्यान कोरियाली बालबालिकाको सिकाई पद्धतितर्फ जान थाल्यो ।  कोरियाको सिकाई पद्धति देखेर उनी निकै प्रभावित भए ।  त्यहाँका ससाना बालबालिका काठ र प्लास्टिकका विभिन्न प्रकारका खेलौना खेलेर अक्षर चिन्ने, गणित सिक्ने लगायत जीवनोपयोगी सीप सिकिरहेको उनले पाए । यो पद्धतिबाट लोभिएर उनले आफ्ना छोराछोरीलाई विभिन्न प्रकारका खेलौना नेपालमा पठाउँथे । उनले पठाएका कतिपय सामान नेपालमा आईपुग्थे भने कतिपय सामान विविध कारणले फिर्ता जान्थे । त्यो खेलौनाबाट उनका छोराछोरीको सिकाईमा निकै सुधार आयो । मोबाइलको कुलतबाट छुटाउन उनी सफल भए । आफ्नो छोराछोरीमा आएको सकारात्मक परिवर्तनले उत्साहित बनेका हिरालालले कमजोर आर्थिक अवस्था हुने  नेपाली बालबालिकाले  पनी यस्ता खेलौना खेलेर जीवनोपयोगी ज्ञान लिन सकुन भन्ने उद्देश्य राखेर यस्तै खेलौना नेपालमा उत्पादन गर्ने उद्योग स्थापना गर्ने योजना बनाए । त्यसपछि उनले पाँच वर्ष यसैबारेमा अध्ययन गरे । केही समय पछि  एघार वर्षको वैदेशिक  बसाईलाई बिट मार्दै  आफुले सिकेको नयाँ सिकाईलाई समाजमा स्थापित गर्ने उद्देश्यले
२०७८ सालबाट उद्योग दर्ता प्रक्रिया सुरु गरे । उनलाई विभिन्न झन्झटिलो  कानूनी प्रक्रिया पूरा गर्न एक वर्ष लाग्यो ।अन्तत: २०८० सालको सुरुवात संगै उद्योग सञ्चालनमा आयो ।
धनगढीको चटकपुरमा आफ्नो नाम हिरा र छोराको नाम आयनलाई जोडेर  हिरायान मन्टिकिड्स टोय इन्डष्ट्री नामक उद्योग  सञ्चालनमा ल्याए ।
यस इन्डष्ट्रीले बच्चाहरुको खेल, मनोरंजन र सिकाईका विविध क्षेत्रहरुसँग सम्बन्धित खेलौनाहरू उत्पादन गर्दछ । यसका साथै ग्राहकहरुको माग तथा बच्चाहरुको रुचि अनुसारका काठका शैक्षिक सामग्री, खेलौना र गिफ्टका सामग्रीहरुपनि उत्पादन गरीरहेको छ । सातजना व्यक्तिहरुलाई रोजगारीको दिदै आईरहेको हिरायान मन्टिकिड्स टोय ईन्डष्ट्रीले सिकाईको क्षेत्रमा नयाँ आयाम थपीरहेको छ । हाल हिरालाल चौधरीले शिक्षा क्षेत्रमा काम गरीरहेका व्यक्ति तथा संस्था समक्ष गई आफ्नो अनुभव बाँडीरहनु भएको छ । आफू पनि बुझ्दै र अरुलाई पनि बुझाउँदै अगाडी बढिरहनु भएका चौधरीले नेपालको शिक्षा क्षेत्रमा नयाँ प्रविधिलाई भित्र्याएर योगदान दिदै हुनुहुन्छ ।
हिरायान मन्टिकिड्स टोय इन्डष्ट्रीले उत्पादन गरेका विभिन्न सामाग्रीले विद्यार्थीलाई जिज्ञासु बनाउने, स्मरण शक्ति बढाउने, मोबाईलको कुलत बाट जोगाएर पढाईतर्फ मन लगाउने, जीवनमा आईपर्ने समस्यालाई समाधान गर्न सक्षम बनाउने गर्दछ ।
यसले बालबालिका, अभिभावक तथा शिक्षक बीच सुमधुर सम्बन्ध कायम गर्ने आधार पनि तयार गर्ने गर्दछ ।
यसबारेमा थप कुरा बुझ्न निम्न नम्बरहरुमा सम्पर्क राख्न सकिन्छ ।
हिरायान मन्टिकिड्स टोय इण्डष्ट्री
धनगढी -३, चटकपुर, कैलाली
सम्पर्क ९८६१५३१९१३, ९८४८४६७१११

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.