web analytics

पुनर्वासमा एक दिवसीय वातावरणीय सचेतना कार्यशाला सम्पन्न

कञ्चनपुर, ११ बैशाख ।
पुनर्वासमा एक दिवसीय वातावरणीय सचेतना कार्यशाला सम्पन्न भएको छ । पुनर्वास ६ स्थीत पुनर्वास सम्राट होटलको सभाहलमा मंगलबार सो कार्यशाला सम्पन्न भएको हो । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसको आयोजनामा भएको उक्त कार्यशालाको उदघाटन सत्रको सभापतित्व सोहि क्याम्पसका प्रमुख धर्मदेव भट्टले गर्नुभएको थियोे भने प्रमुख अतिथिको आसनमा पुनर्वास नगरपालिकाका प्रमुख तोय प्रसाद शर्मा हुनुहुन्थ्यो ।
नगरप्रमुख शर्माले गमलामा रोपिएको विरुवामा पानी हालेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो । कार्यक्रममा पुनर्वासका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।
उदघाटन सत्रमा बोल्दै नगरप्रमुख तोय प्रसाद शर्माले हामीलाई विकास चाहिएको तर विकासले वातावरणलाई नकारात्मक असर पार्ने भएकाले विकास गर्दा दिगो विकास तर्फ ध्यान दिन सवैलाई आग्रह गर्नुभयो । ऐश्वर्य बहुमुखी क्याम्पस धनगढीका प्रमुख धर्मदेव भट्टले वर्तमानको वातावरणीय समस्या भनेकै वातावरण प्रदुषण भएको र यो निकै ठूलो समस्या रहेको जिकिर गर्नुभयो । वातावरणलाई संरक्षण र सम्बर्द्धन गर्न नसकिए विकासका जुनसुकै मोडल ल्याएपनी सफल नहुने उहाँको भनाई थियो ।
उदघाटन सत्रपछी धनगढी उपमहानगरपालिकाका वातावरण अधिकृत अशोक अवस्थी र दिनेशचन्द्र जोशीले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियोे ।
अधिकृत अशोक अवस्थीले धनगढी उपमहानगरपालिकाले गरेको फोहोर व्यवस्थापनका योजना, रणनीति र कार्यहरूको बारेमा जानकारी गराउनु भएको थियोे ।
त्यसैगरि दिनेशचन्द्र जोशीले जलवायु परिवर्तनका कारण र असरको बारेमा बताउनु भएको थियोे ।
कार्यक्रमको अन्त्यमा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियोे ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.