पुनर्वासको राम बस्तीमा वडास्तरीय पुरुष तथा खुल्ला भेट्रान फूटबल प्रतियोगिता सम्पन्न
पु.न.पा.३ (हरियो) बन्यो उपाधी विजेता
कञ्चनपुर, बैशाख ५।
गत चैत २४ गतदेखि पुनर्वास ३ मा सुरु भएको वडास्तरीय पुरुष तथा खुल्ला भेट्रान फूटबल प्रतियोगिता गत सम्पन्न भएको छ । जेष्ठ नागरिक स्मृति तथा सम्मान कप नामाकरण गरिएको सो फुटबल प्रतियोगिता जेष्ठ नागरिकको स्मृति तथा सम्मानमा गरिएको हो । सो प्रतियोगिताको समापन कार्यक्रममा कालिका युवा क्लबका अध्यक्ष राम बहादुर तामाङको सभापतित्व तथा संघीय प्रतिनिधि सभा सदस्य तारालामा तामाङको प्रमुख आथित्य रहेको थियो । पुनर्वास ३ खेलकुद विकास समितिको आयोजनामा भएको सो फुटबल प्रतियोगिता कालिका युवा क्लब र राम युवा क्लबले संयुक्त रुपमा गरेको थियोे ।
समापन कार्यक्रममा बोल्नुहुदै संघीय प्रतिनिधि सभा सदस्य तारालामा तामाङले खेलकुदले आपसी मेलमिलाप र भाईचारा बढाउने भएकाले यस्तो प्रकारको खेलकुद आयोजना हुनु प्रशंसनीय रहेको बताउनुभयो । खेलकुद विकासका लागि आफुले आफ्नोतर्फबाट खेल्नुपर्ने सकारात्मक भूमिकाका लागि आफू हरदम तयार रहेको समेत उहाँले जिकिर गर्नुभयो ।
फाईनल खेल सिद्धार्थ युवा क्लब र
पु.न.पा.३ (हरियो) बिच भएको थियो । जसमा पु.न.पा.३ (हरियो)ले एक गोलका विरुद्ध तीन गोल गरेर उपाधी हात पार्न सफल भएको थियोे ।
समारोहमा जेष्ठ नागरिकहरु र सहयोगीहरुलाई प्रमुख अतिथि माननीय तारालामा तामाङले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।
प्रतियोगिताको उपाधी विजेता
पु.न.पा.३ (हरियो)लाई प्रथम पुरस्कार रु. १,११,१११ र साथमा आकर्षक ट्रफि, प्रमाण-पत्र र मेडल प्रदान गरिएको थियोे भने उपविजेतालाई सिद्धार्थ युवा क्लबलाई द्वितीय पुरस्कार रु. ६१,१११ र साथमा आकर्षक ट्रफि, प्रमाण-पत्र र मेडल प्रदान गरिएको थियोे ।
प्रतियोगिताको उपाधी म्यान अफ द म्याच को उपाधी आशिष तामाङ, बेष्ट किपरको उपाधी एञ्जल तामाङ,हाईएस्ट स्कोररको उपाधी सरोज तामाङ, बेष्ट डिफेण्डर उपाधी आकाश तामाङ, बेष्ट प्लेयरको उपाधी आशिष तामाङ र बेष्ट मिडफिल्डरको उपाधी सन्तोष तामाङलाई प्रदान गरिएको थियोे ।
त्यसैगरी भेट्रान तर्फ प्रथम हुने टिमले रु. २१,१११र साथमा आकर्षक ट्रफि, प्रमाण-पत्र र मेडल प्राप्त गरेका थिए भने द्वितीय हुनेले पुरस्कारका रुपमा रु. ११,१११ र साथमा आकर्षक ट्रफि, प्रमाण-पत्र र मेडल प्राप्त गरेका थिए । र म्यान अफ द म्याचले रु.५,०० प्राप्त गरेका थिए । प्रतियोगितामा आयोजक सहित युवा तर्फ २० टिम थिए भने
भेट्रान तर्फ ४ टिम रहेका थिए ।
Comments are closed.