पुनर्वास पब्लिक स्कूलको सातौ वार्षिकोत्सव सम्पन्न
![](https://samacharbishes.com/images/2024/04/20240418_123522-750x430.jpg)
कञ्चनपुर, ६ बैशाख ।
पुनर्वास ५ स्थीत पुनर्वास पब्लिक स्कूलको सातौ वार्षिकोत्सव विहिबार सम्पन्न भएको छ । समाजसेवी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर थापा तथा पुनर्वास ५ का वडाध्यक्ष पदम बहादुर रोकायाले संयुक्त रुपमा पानसमा दिप प्रज्ज्वलन गरि कार्यक्रमलाई उदघाटन गर्नुभएको थियो ।
कार्यक्रममा समाजसेवी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर थापाको सभापतित्व,पुनर्वास ५ का वडाध्यक्ष पदम बहादुर रोकायाको प्रमुख आथित्य रहेको थियोे । विशिष्ट अतिथिको आसनमा वडानम्बर ३ का वडाध्यक्ष कृष्ण बहादुर तामाङ, वडानम्बर ४ का वडाध्यक्ष मनोज जैसी,वडानम्बर ६ का वडाध्यक्ष मित्रसिंह लामा, प्याब्सन पुनर्वासका अध्यक्ष बालकृष्ण ढकाल हुनुहुन्थ्यो । अतिथिको आसनमा विभिन्न विद्यालयका प्रतिनिधि, समाजसेवी तथा अभिभावकवर्गको उपस्थिति थियोे ।
प्रमुख अतिथिको आसनबाट बोल्दै वडानम्बर ५ का वडाध्यक्ष पदम बहादुर रोकायाले सहि शिक्षाले समाजलाई उन्नतितर्फ डोर्याउने बताउँदै शिक्षामा गरिएको लगानी खेर नजाने बताउनुभयो ।
त्यस्तै सभापतिको आसनबाट बोल्दै पदम बहादुर थापाले विद्यालयहरु नाफामुखी भन्दा सेवामूखी हुनुपर्ने बताउदै समाज तथा राष्ट्र निर्माणमा विद्यालयहरुको महत्वपूर्ण भूमिका हुने हुँदा जिम्मेवारीपूर्वक अगाडी बढनुपर्ने जिकिर गर्नुभयो ।
सोही अवसर पारेर पुनर्वास ५ टिसिएन चोक नजिकै विद्यालयको नवनिर्मित सुविधा सम्पन्न दुई तल्ले भवनको समेत उदघाटन गरिएको थियोे । भाडाको घरमा चल्दै आएको सो स्कुल यहि शैक्षिक सत्रदेखि आफ्नै भवनमा पठनपाठन हुने विद्यालयका संस्थापक विश्वनाथ जोशीले बताउनुभयो ।
कार्यक्रममा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियोे भने विद्यालयका बालबालिकाले नृत्य प्रदर्शन गरेका थिए ।
कार्यक्रमलाई विद्यालयका प्रधानाध्यापक हेम बहादुर थापाले सञ्चालन गर्नुभएको थियो ।
Comments are closed.