web analytics

काँग्रेस नेता तथा पूर्व मन्त्री गगन थापाद्वारा प्याराताल अवलोकन

कञ्चनपुर/५ बैशाख ।
काँग्रेस नेता तथा पूर्व मन्त्री गगन थापाले पुनर्वास ९ मा अवस्थित प्यारातालको अवलोकन गरेका छ्न ।
मंगलवार कञ्चनपुरको पुनर्वासमा पुगेका
काँग्रेस नेता तथा पूर्व मन्त्री थापाले नागरिकहरुको पहलमा प्यारातालको किनारमा निर्माण गरीएका संरचनाहरुको अवलोकन गर्दै यसबारेमा जानकारी लिएका थिए । जैविक महत्वको प्यारातालमा पर्यटन विकासका लागि नागरिक स्तरबाट रकम संकलन गरि विभिन्न जीवजन्तुका प्रस्तर मूर्ति, सेल्फी प्वाईन्ट,फाउन्टेन लगायतका संरचनाको निर्माण कार्य हुदैछ्न भने केहीका पुरा भैसकेका छ्न ।
अवलोकन पश्चात् सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेता थापाले नागरिक पहलमा भैरहेको विकास कार्यको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
नेपाल- भारत सीमा नजिक नेपाली क्षेत्रमा पर्ने प्याराताललाई भारतले दाबी गर्दै आएको छ । हाल प्यारातालको उत्तरी किनारामा कञ्चनपुरका पुराना पत्रकार दिपेन्द्र बस्नेतको पहलमा विभिन्न प्रकारका संरचनाहरुको निर्माण भईरहेको छ । जसले पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास लिईएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.