पुनर्वासको राम बस्तीमा वडास्तरीय पुरुष तथा खुल्ला भेट्रान फूटबल प्रतियोगिता सुरु
फाप्ला स्पोर्ट्स क्लब सैनिक क्लबद्वारा पराजित
कञ्चनपुर, २४ चैत्र ।
पुनर्वासको राम बस्तीमा सनिवारदेखि वडास्तरीय पुरुष तथा खुल्ला भेट्रान फूटबल प्रतियोगिता सुरु भएको छ । जेष्ठ नागरिक स्मृति तथा सम्मान कप नामाकरण गरिएको सो फुटबल प्रतियोगिता जेष्ठ नागरिकको स्मृति तथा सम्मानमा गरिएको हो ।
आज एक भव्य कार्यक्रम बिच संघीय प्रतिनिधि सभा सदस्य तारालामा तामाङले ब्यानर वाचन गर्दै सो प्रतियोगिताको उदघाटन गर्नुभयो ।
पुनर्वास ३ खेलकुद विकास समितिको आयोजनामा हुन लागेको सो फुटबल प्रतियोगिता कालिका युवा क्लब र राम युवा क्लबले संयुक्त रुपमा गर्न लागेको हो ।
राम युवा क्लबका अध्यक्ष भीम बहादुर पाख्रीन तामाङको सभापतित्व र संघीय प्रतिनिधि सभा सदस्य तारालामा तामाङको प्रमुख आथित्य तथा पुनर्वास नगरपालिकाका प्रमुख तोय प्रसाद शर्माको विशिष्ट आथित्यमा सो उदघाटन समारोह सम्पन्न भएको थियोे ।
कार्यक्रममा बोल्नुहुदै संघीय प्रतिनिधि सभा सदस्य तारालामा तामाङले आफ्नो कार्यकालमा सुरु गरीएका विकास कार्यलाई वर्तमान सरकारले रोकेको बताउनुभयो । विकास कार्यलाई रोक्नेहरुलाई जनताले राम्रोसँग चिनेको र आगामी निर्वाचनमा यसको परिणाम देखिने उहाँले जिकिर गर्नुभयो ।
आज भएको पहिलो खेल फाप्ला स्पोर्ट्स
क्लब र सैनिक क्लब बिच भएको थियो । जसमा सैनिक क्लबले ३ गोल गरि फाप्ला क्लबलाई पराजित गरेको थियोे । आज खेल उदघाटन समारोहमा दर्जनभन्दा बढी जेष्ठ नागरिकहरुलाई प्रमुख अतिथि माननीय तारालामा तामाङले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।
प्रतियोगिताको उपाधी विजेतालाई प्रथम पुरस्कार रु. १,११,१११ र साथमा आकर्षक ट्रफि, प्रमाण-पत्र र मेडल प्रदान गरिनेछ भने उपविजेतालाई द्वितीय पुरस्कार रु. ६१,१११ र साथमा आकर्षक ट्रफि, प्रमाण-पत्र र मेडल प्रदान गरिनेछ ।
प्रतियोगिताको म्यान अफ द म्याचलाई रु.१,००० प्रदान गरीने छ ।
भेट्रान तर्फ प्रथम पुरस्कार रु. २१,१११र साथमा आकर्षक ट्रफि, प्रमाण-पत्र र मेडल प्रदान गरिनेछ भने द्वितीय पुरस्कारका रुपमा रु. ११,१११ र साथमा आकर्षक ट्रफि, प्रमाण-पत्र र मेडल प्रदान गरिनेछ । र म्यान अफ द म्याच रु.५,०० समेत प्रदान गरिने बताईएको छ ।
Comments are closed.