स्केटिङ्ग खेल सिक्न चाहनेहरुका लागि पुनर्वासमा सुरु भयो डिजे स्केट ल्याण्ड
कञ्चनपुर, ४ साउन
स्केटिङ्ग खेल सिक्न चाहनेहरुका लागि पुनर्वासमा डिजे स्केट ल्याण्ड नामक स्केटिङ्ग स्कुल सुरु भएको छ । शुक्रबार एक कार्यक्रम विच सो डिजे स्केट ल्याण्डको विधिवत उदघाटन भएको हो ।पुनर्वासका युवा उद्यमी दाउत तामाङको लगानीमा लामो समयदेखि बन्द रहेको पुनर्वास ६ स्थीत पूर्णलक्ष्मी चलचित्र मन्दिर(पुरानो हल)को भवनमा सो स्केटिङ्ग स्कूलको सुरुवात भएको हो ।
पछिल्लो समय केटाकेटी तथा युवाहरू माझ लोकप्रिय भईरहेको स्केटिङ्ग खेल शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थ्य विकासका लागि निकै महत्वपूर्ण खेल हो । यसले शरीर फिट राख्नुका साथै युवा तथा बालबालिकामा आत्मविश्वास जगाउने विशेषज्ञहरुको भनाई छ। ७०×३८ स्पेस रहेको कञ्चनपुर जिल्लाको मापदण्ड अनुसारको पहिलो आधुनिक स्केटिङ्ग स्कुल हो । मोबाइलको कुलत, लागुपदार्थ दुर्व्यसन तथा खराब संगतबाट आफ्ना सन्तानलाई बचाउन स्केटीङ्ग खेलमा लगाउनुपर्ने सञ्चालक दाउत तामाङले बताएका छ्न ।
Comments are closed.