नेशनल लघुवित्तद्वारा बाढी प्रभावितका लागि राहत वितरण
-लाल बहादुर एस के
कञ्चनपुर,६ साउन
नेशनल सामुदायिक लघुवित्त वित्तीय संस्थाले असार महीनामा आएको बेमौसमी वर्षाका कारण क्षति ब्योहोरेका समुह सदस्यहरूलाई राहत वितरण गरेको छ ।
वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं. ४ मा अवस्थित शाखा कार्यालय बेलौरीमा आबद्ध दुला राना, रेशमी राना लगायत ४० जना समूह सदस्यहरुलाई बेलौरी नगरपालिकाकाको सभा हलमा औपचारिक कार्यक्रम गरी राहत वितरण गरेको हो ।
कार्यक्रमको सभापति वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत राम वहादुर यादव,प्रमुख अतिथी बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी, बेलौरी उघोग बाणिज्य संघका पुर्व अध्यक्ष लगायतको विशेष उपस्थितमा राहत वितरण गरिएको थियो।
संस्थाले प्रति सदस्य चामल २० किलो , दाल २ किलो, तेल १ लिटर, नुन १ प्याकेट, चिउरा १ प्याकेट सहित १-१ ओटा नुहाउने र लुगा धुने सावुन वितरण गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत राम वहादुर यादवले जानकारी दिए ।
वित्तीय संस्थाले देश भर ७४ ओटा जिल्लाहरुमा १९६ ओटा शाखा कार्यालय विस्तार गरी करीब २लाख १८ हजार ७ सय ६०जना न्यून तथा मध्यम आय भएका सदस्य हरूलाइ वित्तीय सेवाको पहुँचबाट वञ्चित रहेका विपन्न, समाजमा पछाडी परेका समुदायमा वित्तीय सेवा प्रदान गर्दै आएको छ।
Comments are closed.