आदिवासी जनजाती महासंघ नगर समन्वय पुनर्वासद्वारा विद्यार्थीलाई न्यानो पोशाक वितरण

कञ्चनपुर, माघ १९
आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद पुनर्वासले विद्यार्थीलाई न्यानो पोशाक (ट्र्याक सुट) वितरण गरेको छ । शुक्रबार नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रम विच न्यानो पोशाक (ट्र्याक सुट) वितरण गरिएको हो ।
पुनर्वास नगरपालिकाका ३३ सामुदायिक विद्यालयहरू मध्येमा आदिवासी जनजाति छात्रछात्राहरू अध्ययनरत ३० विद्यालयका ३सय २५जना विद्यार्थीहरु का लागि निशुल्क न्यानो पोशाक (ट्र्याक सुट) वितरण गरिएको थियो। कक्षा १ देखि ८ कक्षासम्मका छात्रछात्रालाई निशुल्क न्यानो पोशाक (ट्र्याक सुट) नगरपालिकाको बजेटमार्फत आफूहरूले व्यवस्थापन गरेको आदिवासी जनजाति नगर समन्वयन परिषद्का अध्यक्ष प्रविण थापा मगर ले जानकारी दिए । अध्यक्ष थापा मगर ले –स-साना विद्यार्थीहरुको लागि चिसो बढी रहेको बेला यसरी सहयोग गर्न पाएकोमा खुुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिदै जाने बताउनुभयो।
प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै नगरप्रमुख तोय प्रसाद शर्माले गुणस्तरीय शिक्षा आजको आवश्यक्ता भएकाले आदिवासी जनजाति समुदायका नानीबाबुहरूको लागि बितरण गरिएका न्यानो पोशाकले विपन्न बालबालिकालाई चिसोबाट जोगाउन सहयोग पुग्ने अपेक्षा लिएको बताउनुभयो। नगर प्रमुख शर्माले नगरपालिकाद्वारा आदिवासी जनजातिका हक हित र अधिकारको सुनिश्चितताका लागि विनियोजित बजेट नगर समन्वय परिषद्ले शिक्षण क्षेत्रमा समुदायका अशक्त र आर्थिक अवस्था कमजोर भएकाहरूको सहयोगका लागि कपडा वितरण कार्यक्रम गरिएको प्रति खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद ८ जातीय संगठनहरु नेपाल तामाङ घेदुङ , थारु कल्याणकारिणी परिषद् , तमु समाज, राना थारु उत्थान समन्वय मञ्च,मगर संघ, नेवा देय दबु, भुजेल समाज सेवा समिति र नेपाल माझी समाजको छाता संगठन हो ।
आदिवासी जनजाति नगर समन्वय परिषद् पुनर्वासका अध्यक्ष प्रविण थापाको सभापतित्व र नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बिशिष्ट अतिथिमा नगर उपप्रमुख भुलिया राना, निबर्तमान मेयर जिवन राज थापा रहनुभएको थियो। यसैगरी अतिथि मा नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद पुनर्वासका निवर्तमान अध्यक्ष धोके राना,पुनर्वास नगरपालिका ६ वडाध्यक्ष मित्र सिंह लामा लगायतका एघारै वडाका वडाध्यक्षहरू र स्थानिय बुद्धिजीवी समाजसेवी एवम् सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ ,पुनर्वास नगर समन्वय परिषदका उपाध्यक्ष रुकमाया भुजेलकोे स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रमलाई नगर सचिव बनबारी रानाले सञ्चालन गर्नुभएको थियो ।
Comments are closed.