पुनर्वासमा २८६१ औं सोनाम ल्होछार यसरी मनाईयो (फोटो फिचर सहित)

कञ्चनपुर, १८ माघ
पुनर्वासमा २८६१ औं सोनाम ल्होछार विविध साँस्कृतिक एवम् शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाईएको छ । नेपाल तामाङ घेदुङ कञ्चनपुर जिल्ला कार्य समितिको आयोजनामा गत विहिवार सो कार्यक्रममा भएको हो । नेताघे कञ्चनपुर जिल्ला अध्यक्ष भीमबहादुर तामाङको सभापतित्व, कञ्चनपुर १ प्रतिनिधि सभा सदस्य तारालामा तामाङको प्रमुख आथित्यमा सम्पन्न सो कार्यक्रममा नगरप्रमुख तोयप्रसाद शर्मा र नगर उपप्रमुख भुलिया कुमारी राना विशिष्ट अतिथिको आसनमा हुनुहुन्थ्यो ।
नेताघे सुदूरपश्चिम प्रदेश अध्यक्ष बौद्ध लामा,नेताघे पूर्व सुदूरपश्चिम ईञ्चार्ज नेत्र बहादुर लामा सहित घेदुङका प्रदेश र जिल्लाका पदाधिकारीहरु, पुनर्वास क्षेत्रमा रहेका गुम्बाका लामाहरु, विजय गालिल चर्चका पास्टर तथा पुनर्वास ईसाई समाजका अध्यक्ष राजकुमार तामाङ सहित स्थानीय पास्टरहरुको समेत सहभागीता रहेको थियोे । त्यसैगरी पुनर्वास ६ का वडाध्यक्ष मित्रसिंह लामा सहित जनप्रतिनिधिहरुको पनि कार्यक्रममा सहभागीता रहेको थियो ।
राष्ट्रिय कलाकारद्वय बिसन तामाङ र किर्ति तामाङले आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा बोल्दै कञ्चनपुर १ का प्रतिनिधि सभा सदस्य तारालामा तामाङले सबै जातिले सबै जातिको धर्मसंस्कृतिलाई सम्मान गर्नुपर्ने र यसो गरेमा मात्रै सबैको हित हुने जिकिर गर्दै केही तत्व जातीय मेलमिलापलाई भाँडन लागेकाले यस्ता तत्वहरुलाई बेलैमा सबैले चिन्नुपर्ने बताउनुभयो ।
नगर प्रमुख तोयप्रसाद शर्माले पुनर्वास विविध जातजातिको साझा थलो भएको र आफू सबै जातजातिको संस्कृतिको संरक्षण र सम्बर्द्धनमा सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा पुनर्वासका तामाङ समुदाय भेला भई तामाङ गीतमा सामुहिक नृत्य गरेका थिए । जसमा माननीय तारालामा तामाङले समेत सहभागीता जनाउनुभएको थियोे ।
त्यसैगरी कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्नुहुने पुनर्वास न्यू सम्राट होटलका प्रोपाईटर सञ्जु गुरुङ, सुदर्शन हार्डवेयरका प्रोपाईटर रामबहादुर तामाङ लगायत अन्य व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रमलाई नेपाल तामाङ घेदुङ प्रदेश उपाध्यक्ष भीमलाल मोक्तान,मुख्य सचीव लालमन तामाङले सञ्चालन गर्नुभएको थियो ।
Comments are closed.