web analytics

पुनर्वासमा “लागू औषध तथा दुर्व्यसन मुक्त पुर्नवास अभियान” सुरु हुँदै

कञ्चनपुर, फागुन २४ – कञ्चनपुरको पुनर्वासमा लागू औषध दुर्व्यसन रोकथामका लागि विशेष अभियान सुरु गरिने भएको छ। मालिका युवा क्लब पुनर्वास–१ को आयोजनामा आगामी शनिबारबाट “लागू औषध तथा दुर्व्यसन मुक्त पुनर्वास अभियान” सुरु गरिँदै छ।

मालिका युवा क्लबका अध्यक्ष पारस विकका अनुसार पछिल्लो समय युवाहरूमा लागूपदार्थ प्रयोग र दुर्व्यसनको लत बढ्दै गएको छ, जसका कारण गाउँघरमा अपराधिक गतिविधि समेत वृद्धि भइरहेको छ। भविष्यका कर्णधार युवाहरूलाई यो बाटोबाट जोगाउन तथा उनीहरूलाई सही मार्गदर्शन दिनका लागि अभियान थालिएको उहाँले जानकारी दिनुभयो।
अभियानका संयोजक नवीन पार्कीका अनुसार पुनर्वास–१ स्थित मालिका आधारभूत विद्यालयमा विशेष कार्यक्रमका बीच आज दिउँसो ३ बजे अभियानको सुरुवात गरिनेछ। अभियानका क्रममा युवाहरूलाई लागू औषध र दुर्व्यसनको असरबारे सचेत गराइने छ। साथै, यसको दीर्घकालीन प्रभाव न्यूनीकरण गर्दै स्वस्थ भविष्य निर्माण गर्ने उद्देश्य राखिएको छ।
अभियानलाई धनगढीस्थित शंकर एजुकेसन नेटवर्क प्रालीले आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरेको छ। साथै, अभियानको प्रशिक्षक तथा सल्लाहकारको रूपमा आरपी सार्की रहनेछन्।
अभियानको सफल कार्यान्वयनका लागि स्थानीय युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको संयोजक पार्कीले बताउनुभयो। साथै, क्लबले अभिभावक, शिक्षक, सामाजिक अगुवा तथा सरोकारवाला सबैलाई कार्यक्रममा उपस्थित भई अभियानलाई सशक्त बनाउन अनुरोध गरेको छ।
यो अभियान पुनर्वास क्षेत्रमा युवाहरूलाई लागूपदार्थको दुर्व्यसनबाट जोगाउने महत्वपूर्ण पहलको रूपमा हेरिएको छ। आयोजकहरूका अनुसार अभियान अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिने छन्।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.