web analytics

कुलमान घिसिङको बर्खास्तीप्रति नेपाल तामाङ घेदुङ सुदूरपश्चिमको विरोध

 

धनगढी/बैशाख २७
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेपछि नेपाल तामाङ घेदुङ सुदूरपश्चिम प्रदेश कार्यसमितिले उक्त कदमको कडा विरोध जनाएको छ।

नेपाल सरकारले मन्त्रिपरिषदको निर्णय अनुसार घिसिङलाई बर्खास्त गरीएको छ। र यो निर्णयलाई घेदुङले “नियोजित षड्यन्त्र र जनविरोधी कार्य” को संज्ञा दिँदै प्रेस विज्ञप्तिमार्फत गम्भीर आपत्ति जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, “१८ घण्टासम्मको लोडसेडिङ झेलेको नेपाललाई उज्यालो बनाउने श्रेय घिसिङलाई जान्छ। यस्ता कुशल व्यवस्थापकलाई पदबाट हटाइनु राष्ट्रको क्षति हो।”

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले संसदमा “लोडसेडिङ अन्त्यको श्रेय कुलमानलाई दिन नसकिने बरु भारतलाई दिनुपर्छ”भन्ने अभिव्यक्तिप्रति पनि संगठनले कडा आलोचना गरेको छ। उक्त भनाइलाई विज्ञप्तिमा “तथ्यहीन र हाँस्यास्पद” भनिएको छ।

सरकारले विद्युत प्राधिकरणको घाटालाई नाफामा रूपान्तरण गर्ने, पारदर्शी व्यवस्थापन गर्ने घिसिङजस्ता जिम्मेवार कर्मचारीलाई प्रोत्साहन गर्नुको सट्टा उद्योगी-व्यापारीको चापमा आएर हटाउनु दुखद रहेको घेदुङको भनाइ छ।

कार्यवाहक अध्यक्ष भीमलाल मोक्तानद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “यसरी रातदिन खटिने कर्मठ नेतृत्व हटाइनु सत्ताको लाजमर्दो निर्णय हो। सरकारलाई यो निर्णय पुनर्विचार गर्न र घिसिङलाई पुनः जिम्मेवारी दिन हामी खबरदारी गर्छौं।”
संगठनले नागरिक समाज, अधिकारकर्मी, पत्रकार र सरोकारवालालाई सरकारको यस्ता कदमविरुद्ध आवाज उठाउन अपिल समेत गरेको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.