web analytics

कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपिलाल सिङ्तान तामाङ: विकास र पहिचानका पर्याय

-प्रसाद लो तामाङ                          कोन्ज्योसोम गाउँपालिका नेपालको बागमती प्रान्तको ललितपुर जिल्लाको एउटा गाउँपालिका हो, जुन पूर्व गाउँ विकास समितिहरू साँखु, दलचोकी, चौघरे, नल्लु र भारदेवलाई मर्ज गरेर २०१७ मा स्थापना भएको हो। यस गाउँपालिकाको केन्द्र चौघरेमा अवस्थित छ। यस गाउँपालिकामा सबैभन्दा बढि संख्या तामाङहरुको छ भने त्यसपछि नेवारहरु दोस्रो नम्बरमा आउँछ्न ।    तामाङ भाषामा कोन्ज्योसोमको अर्थ त्रि-रत्न हो, अर्थात बुद्ध रत्न, धर्म रत्न, संघ रत्न   हो । जुन बौद्ध धर्मसंग सम्बन्धित छ । २०६८ को नेपालको जनगणना अनुसार कोन्ज्योसोमको जनसंख्या ९,७०९ छ।
मार्च २०१७ मा स्थापना भएको यस

लेखकका साथमा अध्यक्ष गोपीलाल सिङ्तान

गाउँपालिकामा अध्यक्ष गोपीलाल सिङ्तान तामाङ हुनुहुन्छ । त्यसैगरी उपाध्यक्ष मिम्मा लामा तामाङ हुनुहुन्छ । यस गाउँपालिकाको क्षेत्रफल ४४.१६ वर्ग किमी (१७.०५ वर्ग माइल) छ ।
तामाङ समुदायले गर्व गर्नैपर्ने नाम हो गोपिलाल सिङ्तान । जसले गाउँपालिकाको नाम तामाङ भाषामा नामकरण गरि “कोन्ज्योसोम गाउँपालिका” राखे । त्यति मात्रै कहाँ होर उनले गाउँपालिका भवनमा समेत कोन्ज्योसोमको प्रतिमा राखी निर्माण सु-सम्पन्न गरी सकेका छन्। त्यसैगरी माथि डाँडामा, जुन तपाईंले तल अध्यक्षको फोटो पछाडिको दृश्यमा देख्नु सक्नुहुन्छ कोन्ज्योसोमको प्रतिमा त्यो पनि द्रुतगतिमा निर्माण भैरहेको छ।

निर्माणाधीन कोन्ज्योसोमका प्रतिमाहरु

अन्य विकास निर्माणमा यस गाउँपालिकाले आफुलाई अब्बल सावित गरीसकेको छ ।
साच्चिकै भन्ने हो भने पहिचान सहितको संघीयता कस्तो हुनुपर्छ भन्ने अन्य ठाउँका जनप्रतिनधिहरुले कोन्ज्योसोम गाउँपालिका बाट सिक्नुपर्ने त्यहाँ घुम्न जाने जोकोहीले महशुस गर्छन ।
आगामी निर्वाचनमा पुनः निर्वाचित भई फेरिपनि जनताको इच्छा र आकांक्षा अनुसार काम गर्ने अवसर पुन प्राप्त गर्न चाहन्छन अध्यक्ष गोपीलाल । अधुरो विकास निर्माणलाई पूरा गर्न पुन: जनताले आफुलाई दोहोरयाउनुपर्ने जनता समक्ष अपेक्षा गरेका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.