web analytics

श्री शान्ति माध्यमिक विद्यालयको ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

लाल बहादुर एस के
पुनर्वास माघ १९
बेलौरी नगरपालिका–४, शान्तिपुरस्थित श्री शान्ति माध्यमिक विद्यालयले आफ्नो ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय वीर बहादुर थापा रहनुभएको थियो। उहाँले विद्यालयको खेलकुद, शैक्षिक भवन, खानेपानी, शौचालयलगायतका भौतिक पूर्वाधार सुधारका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक सीप सिक्न प्रेरित गर्नुपर्नेमा विशेष जोड दिनुभयो। साथै, “एक विद्यालय, एक उत्पादन” भन्ने नारासहित प्रत्येक विद्यालयमा अध्ययनसँगै आम्दानीको स्रोत विकास गर्नुपर्ने बताउनुभयो। उहाँले बेलौरी नगरपालिकालाई कृषि पकेट क्षेत्रको रूपमा विकास गर्न विशेष योजना ल्याइने उल्लेख गर्नुभयो।

विशिष्ट अतिथिको रूपमा बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरी रहनुभएको थियो। उहाँले शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि विभिन्न विद्यालयहरूमा पहल गर्दै आएको बताउँदै विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बेलौरी वडा नं. ४ का अध्यक्ष अर्जुन ढकाल, वडा नं. ६ का अध्यक्ष भोजराज चौधरी, प्रेमसिंह बोहरा, विभिन्न वडाका सदस्य, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, खेलप्रेमी, शिक्षक, अभिभावक, विद्यार्थी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको वार्षिक कारोबार ७ करोड ४९ लाख ८ हजार ७४७ रुपैयाँ ९५ पैसा रहेको जानकारी गराउनुभयो।

सो अवसरमा विद्यालयका विभिन्न व्यक्तित्व तथा संस्थाहरू सम्मानित भएका थिए। सम्मानित हुनेहरूमा निम्न रहेका छन्:

संस्था सम्मानित

बेलौरी नगरपालिकाको कार्यालय

बेलौरी नगरपालिका वडा नं. ४ को कार्यालय

रेडक्रस उपशाखा, बेलौरी

व्यक्तिगत सम्मानित

रंगबहादुर चौधरी (पीटीए अध्यक्ष)

प्रबिन अधिकारी (खेलाडी)

प्रबिन चौधरी (खेलाडी)

लोकेन्द्र कुवँर (पूर्व विद्यार्थी समाज)

लक्ष्मी अधिकारी, देवकी जोशी, सुन्दरी चौधरी (बाल विकास सहजकर्ता)

प्रेमवती राना (ल्याब असिस्टेंट)

कार्यक्रममा थारु समुदायको मौलिक भेषभूषा झल्किने सांस्कृतिक नृत्य, चौधरी समुदायको परम्परागत प्रस्तुति तथा विद्यार्थीहरूको देउडा गीतसहितका सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए।

कार्यक्रमको स्वागत मन्तव्य मनबहादुर क्षेत्रीले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन चन्दप्रकाश पोखरेलले गर्नुभएको थियो। साथै, गोकर्ण काफलेले पनि सह-सम्पादनको भूमिका निर्वाह गर्नुभएको थियो।

तस्वीरहरु

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.