web analytics

पुनर्वासमा शान्ति माध्यमिक विद्यालयको ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न (फोटो फिचर सहित)

-लाल बहादुर एस.के

पुनर्वास, माघ २०
श्री शान्ति माध्यमिक विद्यालय, पुनर्वास-१, अंशुवर्मा बस्तीले आफ्नो ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। उक्त अवसरमा पुनर्वास नगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहनलाल राना प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का पुनर्वास नगर इन्चार्ज कञ्चन गिरी, समाजसेवी, बुद्धिजीवी, शिक्षक, अभिभावक, सुरक्षाकर्मी, पत्रकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

विद्यालयका विद्यार्थीहरूले जनचेतनामूलक नाटक प्रस्तुत गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गरेका थिए। नेपाली समाजका विविध सांस्कृतिक पहिचान झल्कने भेषभूषा सहितको नृत्य, गायन तथा अन्य प्रतिभा प्रदर्शनले कार्यक्रममा विशेष आकर्षण थपिएको थियो।
विद्यालय व्यवस्थापन समितिले विद्यालयका पूर्व अध्यक्ष लोकबहादुर बमजनलाई सम्मान गरेको थियो भने शिक्षकतर्फ किसनसिंह खत्रीलाई विशेष सम्मान प्रदान गरिएको थियो। साथै, खेल क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सन्दिप एस.के. लाई सम्मान गरिएको थियो।
त्यस्तै, विशिष्ट अतिथि बेलौरी नगरपालिका वडा नम्बर २मा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालय जबदियाका सहायक प्राधानाध्यापक अनिल पाण्डेले ४५औँ वार्षिकोत्सवमा निमन्त्रणा गरिएकोमा विद्यालय परिवारलाई धन्यवाद दिँदै विद्यालयको उज्ज्वल भविष्यको कामना गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको बताउँदै विद्यालयलाई आवश्यक पठनपाठन लगायत अन्य सहयोग निरन्तर गर्ने प्रतिबद्धता जनाउनुभयो।
विद्यालयका प्रधानाध्यापक धनबहादुर रोकायले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको कुल कारोबार ८०,१२,१६६ रुपैयाँ ४८ पैसा रहेको जानकारी गराउनुभयो। राष्ट्रिय वाणिज्य बैंकमा ३,१६,१५६ रुपैयाँ ४८ पैसा र कुमारी बैंकमा ४,६५,४६२ रुपैयाँ मौज्दात रहेको तथा ७२,३०,५३८ रुपैयाँ बराबर खर्च भएको विवरण सार्वजनिक गर्नुभयो।
विद्यालयको भावी योजनाबारे बोल्दै प्रधानाध्यापक रोकायले विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिका लागि डिजिटल शिक्षण प्रणालीलाई विस्तार गर्ने, अतिरिक्त क्रियाकलापलाई थप प्रभावकारी बनाउने र विद्यार्थीहरूलाई नवीनतम प्रविधिहरूसँग परिचित गराउने योजना रहेको बताउनुभयो। साथै, विद्यालयलाई भौतिक रूपमा थप विकास गर्दै स्वच्छ खानेपानी, खेलमैदान सुधार र पुस्तकालय विस्तारलाई प्राथमिकता दिने जानकारी दिनुभयो।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पुष्कर चन्दले पनि विद्यालयको चौतर्फी विकासका लागि निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै ४५औँ वार्षिकोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश मुक्तानले ४५औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, पत्रकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्वहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले विद्यालयको चौतर्फी विकासका लागि निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्दै स्थानीय, प्रदेश तथा संघीय सरकारको ध्यान विद्यालयका विविध समस्यातर्फ केन्द्रित गराउने बताउनुभयो।
कार्यक्रममा विद्यालयकी शिक्षिका लक्ष्मी प्रसाद सुवेदीले स्वागत मन्तव्य दिनुभएको थियो भने शिक्षक भक्तबहादुर थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। तस्वीरहरु ..

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.